२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ श्रम कानूनबाट नेपालमा लगानीको वातावरण बन्ने अपेक्षा

२०७५, ६ मंसिर बिहीबार ०९:३१

मङ्सिर ६, काठमाडौँ | नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हालै जारी श्रमसम्बन्धी दुई छुट्टाछुट्टै कानूनका कारण देशमा लगानीको वातावरण बनेको बताउनुभएको छ । 

श्रमिकहरूको वर्तमान आर्थिक अवस्था विषयमा आज जापानको टोकियोमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँले श्रम र श्रमिकहरूको सामाजिक सुरक्षासम्बन्धी नयाँ कानूनमा भएको नयाँ व्यवस्थाबाट देशमा लगानीको वातावरण बनेको धारणा राख्नुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घको रोजगारदाता परिषदको अध्यक्षसमेत रहनुभएका ढकालले देशमा उद्योगधन्दाको स्थापना र विकासका साथै वैदेशिक लगानीका लागि पनि यी कानूनले नयाँ वातावरण सिर्जना गर्ने र श्रमसँग जोडिएका विविध समस्या हल गर्न सघाउ पुग्ने अपेक्षा नेपालको आर्थिक क्षेत्रले गरेको बताउनुभयो । 

यी नयाँ कानूनी व्यवस्थाले श्रमिकसँग जोडिएका विभिन्न खाले समस्या सम्बोधनका लागि समन्वय गर्न महासङ्घलाई पनि सहयोग पुगेको धारणा उहाँले राख्नुभयो । 

नेपाल सरकार, रोजगारदाता, श्रमिकहरू आबद्ध ट्रेड युनियन प्रतिनिधि तथा नेपाल महासङ्घबीचको लामो छलफल र परामर्शपछि यी कानून आएका र नयाँ व्यवस्थाबमोजिम श्रमिकलाई दिने सेवा र सुविधाका लागि रोजगारदाताहरू पनि सहमत भएकोले नेपालको श्रम क्षेत्रमा र यसका कारण सिङ्गो अर्थतन्त्रमै यी कानूनले सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो । 

श्रमिकको सामाजिक सुरक्षाका लागि उनीहरूको आफ्नै र रोजगारदाताका तर्फबाट गरिने योगदानले सामाजिक सुरक्षा कानूनतः नै निर्माण भएको र न्युनतम ज्यालाको नयाँ व्यवस्थाले श्रमका क्षेत्रमा सकारात्मक प्रभाव पार्ने महासङ्घका उपाध्यक्ष ढकालले बताउनुभयो । 

योगदानमा आधारित यस सामाजिक सुरक्षा कार्यक्रममा रोजगारदाताका तर्फबाट कामदारको शुरु तलबको २० र श्रमिक आफैँको ११ प्रतिशतका दरले काटेर सामाजिक सुरक्षा कोषमा जम्मा गरी श्रमिकलाई दिने प्रावधान रहेको छ । 

उपाध्यक्ष ढकालले नेपालमा लामो राजनीतिक सङ्क्रमणपछि स्थिर सरकार बनेको भन्दै नेपालमा लगानीका लागि विदेशी लगानीकर्ताहरूलाई आग्रह पनि गर्नुभयो । श्रमिकका समस्याका विषयलाई पनि सम्बोधन गर्नेगरी श्रमसम्बन्धी कानून निर्माण भएको र देशमा राजनीतिक स्थिरता पनि आएकोले नेपालका कैयौँ सम्भावनाका क्षेत्रहरूमा लगानी गर्न अब विदेशी लगानीकर्ताका लागि राम्रो र सकारात्मक वातावरण बनेको उहाँले बताउनुभएको हो । 

सो सम्मेलनमा विश्वका १४ देशका रोजगारदाता कम्पनी तथा प्रतिष्ठानका प्रतिनिधिहरूको सहभागिता रहेको टोकियोबाट ढकालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता