<p>मंसिर ७, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयघात भएको छ । शुक्रबार विहान हृदयघात भएर अचेत भएका उनलाई हेम्स अस्पताल पुर्याइएको थियो ।</p><p><img src="http://sajhasabal.com/uploads/posts/189606bc9d2c81ae32f1b4c89f68659f1542954597.jpg" style="width: 552px;"><br></p><p>हेम्सले महामन्त्री काफ्लेलाई गंगालाल हृदय केन्द्र बाँसबारी रिफर गरेको छ । अहिले उनको बाँसबारीमै उपचार भइरहेको नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । उनको अवस्था स्थिर रहेको बताइएको छ । अस्पतालमा अहिले काँग्रेस नेता प्रदीप पौडेल सहित नेबिसंघका नेताहरुको भीड लागेको छ । काफ्ले काँग्रेस नेता कृष्ण सिटौला निकट मानिन्छन् ।</p>
November 23, 2018
काठमाडौँ - KTM, समाज
नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयघात
By kit
2 मिनेट पढाइ










