२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुमार भट्टराईका दुईवटा भजनसंग्रह एकैसाथ बजारमा

२०७५, ७ मंसिर शुक्रबार १५:३०

मङ्सिर ७, काठमाडौं | एउटा इन्जीनियर, उनी टेक्नीकल कुरासँग बढी नजिक छन् । विद्युतिय संचार माध्यमको एउटा प्रफेक्ट त्यही इन्जीनियरको नाम हो – कुमार भट्टराई । यी कुमार भट्टराई उनै व्यक्ति हुन् जो राम्रा गीत सृजना गर्दछन् र विशेषगरी भजन गीतकारका रुपमा बढी परिचित छन् । उनै गीतकार कुमार भट्टराईद्धारा लिपिबद्ध २ वटा भजन संग्रह प्रज्ञा प्रतिष्ठानको सभाहलमा नेपाली काँग्रेसका महामन्त्री डा. शसाङ्क कोइरालाले शुक्रबार भव्य समारोहकाबीच एकैसाथ बीमोचन गरे । 


कार्यक्रममा राजनीतिक व्यक्तित्व, विभिन्न धार्मिक गुरुहरु, संचारकर्मीहरु, हिन्दु धर्मावलम्बीसँग सम्बन्धित बौद्धिक व्यक्तित्व एवं हिन्दु राज्यको आबश्यकता बोध गरिएका व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।  


कार्यक्रममा बोल्दै डा. शसाङ्क कोइरालाले धर्म स्वतन्त्रता हुन पर्ने र हिन्दु राज्य वा धर्म निरपेक्षताका बारे जनमत संग्रहमा जानुपर्ने बताए । उनले साहित्यकार कुमार भट्टराईको लेखनीको प्रशंसा पनि गरे । कार्यक्रममा  विश्व हिन्दु माहासंघका दामोदर प्रसाद गौतम, पुर्वमन्त्री एसवी कोइराला, प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन लगायतको उपस्थित थियो । 

बीमोचित एल्वममा निकै मर्मस्पशी भजनहरु संग्रह गरिएका छन । बिमोचित दुई कृति पछि गीतकार भट्टराईका एल्वमहरु ३ वटा पुगेका छन् । यसअघि उनले २०७१ मा अग्रता नामक एल्वम बजारमा ल्याएका थिए । नयाँ बिमोचित यी दुई एल्वम ‘शिव लिला’ र ‘अग्रता काली’ एल्वम हिन्दु धर्मसँग सम्बन्धित नेपाली भजनहरु हुन् । भट्टराईको ‘शिव लिला’ एल्वममा मनोजराज शिवाकोटी, प्रताप दास, कर्मा ग्याल्छेन बम्जन, शान्तिश्री परियार र मनिषा पोख्रेलको स्वर रहेको छ भने ‘अग्रता काली’ एल्वममा मनोजराज शिवाकोटी, इश्वर अमात्य, तुलसी पराजुली, प्रतापदास र विदुर वस्तीको स्वर रहेको छ । दुवै एल्वममा ६/६ वटा गीत समावेश छन् । सबै गीतमा बिजु बज्रको संगीत रहेको छ । 


वाल्यकालदेखिनै लेखन कार्यमा सक्रिय भट्टराईले रेडियो नेपालबाट वाल कविता प्रतियोगीमा धेरै पुरस्कारहरु प्राप्त गरेका थिए । २०५१ सालमा पहिलो गीत कविता संग्रह ‘मेरो जीवन ’ प्रकाशन गरेका उनको २०६० सालमा ‘स्वमुत्र चिकित्सा पद्धति’ नामक अर्को पुस्तक प्रकाशित छ । धार्मिक क्षेत्रका अध्ययेताका रुपमा समेत परिचित उनले धर्मशास्त्रलाई विज्ञान शास्त्र भन्दा बलियो शास्त्रका रुपमा लिन्छन् । संचार क्षेत्रमा परिचित भट्टराई कुशल लेखक एवं राम्रा गीतकारका रुपमा उत्तिकै परिचित रहँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो