<p>मंसिर १२, काठमाडौं । काठमाडौं-२७, ठमेलमा रहेको एक चाइनिज रेस्टुरेन्टमा २२ वर्षीया युवती बलात्कृत भएकी छन् । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।<br></p><p>पक्राउ पर्नेमा गोरखाका १८ वर्षीय विराज गुरुङ, काभ्रेका १७ वर्षीय सोम तामाङ लगायत छन् । काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार घटनास्थल नजिक रहेका तथा जबरजस्तीकरणीको प्रयास गर्ने थप तीन जनालाई पनि पक्राउ गरिएको छ ।</p><p>पक्राउ पर्ने अन्यको भने नाम खुलाइएको छैन । क्वासी चाइनिज होटल एण्ड रेष्टुरेन्टको स्टाफ रुपमा कोठा खोज्दै पीडित युवती पुगेकी थिइन् ।</p>
November 28, 2018
काठमाडौँ - KTM, समाज
ठमेलको चाइनिज रेष्टुरेन्टमा एक युवती बलात्कृत, ५ जना पक्राउ
By kit
2 मिनेट पढाइ










