Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

उपत्यकासहित देशभर चिसो बढ्यो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>मङ्सिर २४, काठमाडौँ | काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ ।&nbsp;<br></p><p>मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाको तापक्रम वर्षकै सबभन्दा कम मापन गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलब ८ डिग्री सेल्सियसमा झरेको छ । तापक्रम निरन्तर घट्दै गयो भने काठमाडौँको तापक्रम केही दिनमै माइनसमा झर्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।&nbsp;</p><p>अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने अनुमान गरिएको छ । पहाडी क्षेत्रमा लामो समय पानी नपरेका कारण तुवाँलोले दृश्यता कमजोर भएको छ । अहिलो पानी पर्ने कुनै सम्भावना नरहेको विभागका मौसविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । अहिले सिमरा, ताप्लेजुङ, जुम्लाको तापक्रम माइनसमा झरेको छ । त्यस्तै वीरेन्द्रनगरको न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री सेल्सियस र अधिकतम तापक्रम २८ दशमलव ५ डिग्री मापन गरिएको छ । रासस</p>