२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुनजस्तो पहेँलो धातुसहित कतार एयरवेजबाट आएका युवक पक्राउ

२०७५, ३ पुष मंगलवार ११:५६

पुस ३, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–२३ का ३२ वर्षीय अमित घिसिङ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातु ११६ ग्रामका चार बिस्कुट र करीब ५० ग्रामको एक थान बालासहित ५१४ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । 

कतार एयरवेजको उडानद्वारा आएका घिसिङलाई विमानस्थलमा जाँचका क्रममा बिहान पक्राउ गरिएको हो । सो विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यसैबीच काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित निलोपुलबाट सोही ठाउँ बस्ने गोरखाका २० वर्षीय समिर कोइरालालाई युरोपियन सुन एक केजी लेखेको पहेलो धातुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई सोमबार साँझ उक्त धातुसहित पक्राउ गरिएको हो । ठगी गर्ने उद्देश्यले पहेँलो धातु लिएको खुल्न आएको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

यता चन्द्रागिरि नगरपालिका–१५ तीनथाना बस्ने मनोज चापागाईँको घरको मुलढोकाको ताल्चा फोडेर करीब रु एक लाख ६९ हजार बराबरका सुनका गरगहना चोरी भएको प्रहरीले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी