२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैभवको मुख्य चूरो नेवारी संस्कृति हो: प्रधानमन्त्री ओली

२०७५, ७ पुष शनिबार १२:१५

पुस ७, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सांस्कृतिक सम्पदाको वैभवको मुख्य चूरो नेवारी कला र संस्कृति नै भएको बताउनुभएको छ । 

पन्ध्रौ ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषद्वारा आज बसन्तपुरमा आयोजित कार्यक्रममा उहाँले नेपाली कला र संस्कृति भनेको नेपाल भाषा र संस्कृति नै हो भन्नुभयो । 


हाम्रा कला, संस्कृति, गौरवलाई खेर जान नदिने प्रण गर्दै प्रधामन्त्री ओलीले सबै भाषाभाषी मिलेर नेपाल बनेकाले विविधताको संरक्षण गर्नेमा सबै पक्ष सजग र सचेत हुनुपर्छ भन्नुभयो । 

उहाँले सम्पूर्ण नेपालाई गौरव, सामनजस्य, पारस्परिक सहयोग, सम्मानका साथ एकता र एकरुपता कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “इतिहासको संरक्षण गर्दै विकासको बाटोमा अघि बढनुपर्छ, हामीलाई आधुनिक नेपाल चाहिएको छ, गौरवपूर्ण इतिहास झल्कने नेपालको विकास गर्नुपर्छ ।” 


पुरातत्वलाई ध्यानमा राखेर नयाँ निर्माण गर्नुपर्ने बताउँदै उहाँले काठमाडौँमा जताबाट हेरेपनि देखिने धरहरा दुइै वर्षभित्र बन्ने विश्वास दिलाउनुभयो । सरकार सुशासन र विकासको नयाँ यात्रामा अघि बढिरहेको बताउँदै प्रधामन्त्री ओलीले भन्नुभयो, “विकासलाई अघि बढाउने संकल्प गरेका छौँ, सरकारलाई अलोकप्रिय बनाउने कोसिस भइरहेको छ, तर देशको हित र स्वाभिमानको पक्षमा उभिने अठोटका साथ अघि बढेकाले कसैले केही विगार्न सक्दैन ।” 

काठमाडाँै विमानस्थललाई विश्वकै बुटीक विमानस्थलका रुपमा विकास गर्न आफूले चाहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “बुटीक एयरपोर्ट भनेको आफ्नो परम्परा, कला, संस्कृति र भेषभूषा जस्तै हो, विमानस्थमा ओर्लनास नेपाली धुन सुन्न, नेपालमा उत्पादन भएको अर्गानीक चिया पिउन पाएमा यहाँको सभ्यता, संस्कृति, भेषभूषा र कला देखेर विदेशी खुशी हुन्छन् ।” 

काठमाडाँै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका भेषभूषा, कला र संस्कृतिको जर्गेना गर्न आफूहरु प्रतिबद्ध रहेको जानकारी दिनुभयो । ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मगलकृष्ण सिंहले काठमाडौँ उपत्यकामा रहेको मौलिक परम्परा, चार्ड पर्व, भेषभूषा, कला र संस्कृतिको संरक्षणमा कोषले महत्वपूर्ण विभिन्न कार्य गर्दै आएको जानकारी दिनुभयो । 

समारोहमा प्रधानमन्त्री ओलीले ज्यापु दिवसका अवसरमा प्रकाशित स्मारिका विमोचन गर्नुका साथै ज्यापु कला र संस्कृति प्रवद्र्धनमा योगदान पु¥याउने विभिन्न क्षेत्रमा महानुभावलाई सम्मान गर्नुभयो । 

यसअघि पन्ध्रौ राष्ट्रिय ज्यापु दिसवका अवसरमा ज्यापु समाजसँग सम्बन्धीत विभिन्न सङ्घ संस्थाको अगुवाइमा काठमाडौँ गणेशस्थानबाट शुरु भएको ¥याली नरदेवी, असन, भोटाहिटी, नयाँ सडक, पाको हँुदै बसन्तपुरमा पुगेर आमसभामा परिणत भएको थियो । 

र्यालीमा काठमाडौँ उपत्यकामा रहेका ज्यापु समुदायको भेषभूषा, रहन सहन झल्कने विविध संस्कृति प्रस्तुत गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट