पढ्न करिब 1 मिनेट लाग्छ
<p>पुस ११, काठमाडौं । जिल्ला अदालत, काठमाडौंको परिसरबाट एक अभियुक्त हत्कडीसहित फरार भएका छन् ।<br></p><p>प्रहरी परिसर, काठमाडौंले चोरी मुद्दामा फरार सिन्धुपाल्चोकका लालकाजी तामाङलाई अदालतमा बुझाएलगत्तै उनी पुनः फरार भएका हुन् ।</p><p>प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले उनको खोजी भइरहेको बताए । </p>

