Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

निर्मला हत्या प्रकरणमा प्रहरी संवेदनशील छ: महानिरीक्षक थापा

By kit

पुस १४, काठमाडौँ | महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी निर्मला पन्त हत्या प्रकरणमा गम्भीर र संवेदनशील भएको बताउनुभएको छ ।

सामुदायिक सेवा केन्द्र गोङ्गबुको १३ औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले निर्मला पन्त हत्याले नेपाल प्रहरीलाई सबैभन्दा दुःखित बनाएको बताउनुभयो । “निर्मला पन्तको हत्यारा कुनै न कुनै दिन प्रहरी खोरभित्र पुग्छन्”, उहाँले भन्नुभयो ।

उहाँले आर्थिक वर्ष ०७४÷०७५ मा प्रहरीमा ।बलात्कारसम्बन्धी एक हजार ८८० मुद्दा दायर भएकोमा र एक हजार ३६६ मुद्दाको प्रहरीले सफल अनुसन्धान गरी दोषीलाई कारवाही गरेको जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले सामुदायिक सेवा केन्द्रलाई राजनीतिक गर्ने थलोभन्दा समाजसेवा गर्ने थलोको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

टोखा नगरपालिका–९ का अध्यक्ष जोगप्रसाद नेपालले समाजमा हुने अपराध नियन्त्रणका लागि समुदाय र प्रहरी सँगसँगै अगाडि बढ्नुपर्ने विचार राख्नुभयो ।

केन्द्रका पूर्वअध्यक्ष रामकृष्ण सेढाईं, केन्द्रका सल्लाहकार कल्पना शर्मा, केन्द्रका उपाध्यक्ष लक्ष्मण न्यौपानेलगायतले प्रहरीले भर्खरै शुरु गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई केन्द्रले साझेदारी गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

विसं २०५८ मा स्थापना भएको सामुदायिक सेवा केन्द्रले गोङ्गबु क्षेत्रभित्र रहेको आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सिसीक्यामरा जडान, विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको केन्द्रका कार्यवाहक अध्यक्ष शैलेश कार्कीले जानकारी दिनुभयो ।

सोही कार्यक्रममा सामुदायिक सेवा केन्द्र गोङ्गबुमा कार्यरत प्रहरी हवल्दार पुरुषोत्तम अधिकारी र प्रहरी जवान चमेली कँडेललाई सम्मान गरिएको थियो । साधारणसभाका अवसरमा आजै सामुदायिक सेवा केन्द्रले नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम रहेको छ ।