२५ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय जलवायु सम्मेलन सोमबारदेखी

१५ पुष २०७५, आईतवार १०:५५

पुस १५,  काठमान्डौ रासस |  जिल्ला समन्वय समिति ९जिसस महासङ्घको आयोजना र जिसस सिन्धुपाल्चोकको मुख्य व्यवस्थापनमा सोमबारदेखि ‘राष्ट्रिय जलवायु सम्मेलन २०७५’ हुँदैछ । ‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ भन्ने नाराका साथ सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९, ज्यामिरे गुफाडाँडामा हुन लागेको सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलनका लागि काठमाडौँबाट जाने अधिकांश सहभागी आज त्यसतर्फ प्रस्थान गरिसकेको आयोजना मूल व्यवस्थापन समितिका संयोजक कृष्णगोपाल तामाङले जानकारी दिनुभयो । 

सम्मेलनको सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष समारोहकाबीच उद्घाटन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । स्थानीय, प्रदेश र केन्द्रमा जननिर्वाचित सरकार बनेपछि सबै तहले जलवायु परिवर्तनबाट बच्न अनुकूलनको योजना बनाउने तयारी गरिरहँदा सम्मेलन आयोजना गरिएको उहाँले बताउनुभयो । 

सम्मेलनमा प्रस्तुत गरिने कार्यपत्र र हुने छलफलबाट सिन्धुपाल्चोक घोषणापत्र जारी गरी जलवायु अनुकूलन योजना निर्माणबारे सन्देश दिने र यसबारे सबैलाई सचेत गर्ने सम्मेलनको मूलध्येय रहेको छ । जलवायु अनुकूलन तथा न्यूनीकरणको उपायहरूको पहिचान, कार्यक्रम तर्जुमा तथा कार्यान्वयनले स्थानीयस्तरमा प्राथमिकता नपाएका कारण क्षेत्रगत तथा विषयगत सूचना उपलब्ध गराउने संयन्त्र बनाउन सम्मेलनमा जोड दिइनेछ । 

“जिल्लाका नदीनालामा बन्ने आयोजनाबाट जलवायु परिवर्तनमा पर्ने असर न्यूनीकरण र असर वापतको स्थानीयतहमा शुल्क व्यवस्थापनका विषयमा पनि सम्मेलनमा छलफल हुनेछ” संयोजक तामाङले भन्नुभयो । सम्मेलनपछि सुन्दर हिमाली क्षेत्र गुफाडाँडा र आसपासका गाउँमा पर्यटक आगमनमा पनि वृद्धि हुने आयोजकको विश्वास छ । 

सम्मेलनमा देशका ७७ वटै जिल्लाका प्रमुख, उपप्रमुखसहित एक जिल्लाबाट तीन जनालाई निम्त्याइएको छ । सम्मेलनस्थलमा पोलमा ७७ वटै जिल्लाको नाम अङ्कित नेपालको झण्डा राखिएको छ । उहाँले भन्नुभयो, “सम्मेलनको उद्घाटनका क्रममा जिल्ला समन्वय समितिका प्रमुख वा लिखित अख्तियारी प्राप्त समन्वय समितिका अन्य अधिकारीले प्रमुख अतिथिसगै जिल्लाको नाम अङ्कित झण्डोत्तोलन गर्नुहुनेछ ।” सम्मेलनका लागि करीब रु एक करोड खर्च लाग्ने आयोजकको अनुमान छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालिका बलात्कारका आरोपी पूर्वमेयरलाई चार दिन हिरासतमा राख्न अनुमति फुटबल खेलाडी निशानको दुर्घटनामा मृत्यु अमेरिकी सहायक विदेशमन्त्री लूको नेपाल भ्रमण पारदर्शी नभएको एमाले नेताको आरोप बीआरआई फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक(पूर्णपाठ) गलत गतिविधि नसच्याए सरकारविरुद्ध सडक र सदनबाट सशक्त प्रतिवाद गर्छौं : अध्यक्ष प्रचण्ड ‘पुष्पा २’ को बक्स अफिसमा धमाका, ५ दिनमै कमायो ९०० करोड दुई महिलालाई यूएई हुँदै कुवेतमा बेचबिखन गरेको आरोपमा चार जना पक्राउ कर्णाली याक्सका विलियम बोसिस्टो बने ‘प्लेयर अफ द म्याच’ एनपिएल: कर्णाली याक्सको तेस्रो जित, ७ विकेटले हरायो पोखरालाई अब सिरियाको सत्ता कसको हातमा? विराटनगर किंग्सले भित्र्यायो नेदरल्याण्ड्सका एडवार्ड्सलाई पावर प्लेमा कर्णाली याक्सले २ विकेट गुमाएर बनायो २७ रन नाबालिग बलात्कार गरेको आरोपमा एमालेका पूर्वमेयर शिवाकोटी पक्राउ ६ महिनापछि फेरि खुल्यो मलेसिया रोजगारी, दूतावासले थाल्यो माग पत्र प्रमाणीकरण पोखराले कर्णालीलाई दियो सामान्य १०४ रनको लक्ष्य, बोसिस्टो एक्लैले लिए ६ विकेट १५ औं ओभरको समाप्तिमा पोखराले ८ विकेट गुमाएर बनायो ९४ रन बीआरआई नेपालको हितमै छ : प्रचण्ड पोखराले गुमायो तेस्रो विकेट, भुर्तेल १० रनमा आउट सरकारले रविलाई नियतवस अमानविय व्यवहार गरिरहेको छ : कांग्रेसका सांसद शर्मा बेपत्ता बुढाथोकी एक सातापछि कावेली खोलामा मृत भेटिए