Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नयाँ वर्षबाटै ३ सय विजुली बस गुडाउने सरकारी योजना

By kit 2 मिनेट पढाइ

<p>पुस १६, काठमाडौं । आगामी वैशाखबाटै नयाँ विद्युतीय बस चल्ने सरकारले बताएको छ । संसदको विकास समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी बैशाख १ गतेदेखि काठमाडौं उपत्यकामा ३ सय विद्युतीय बस गुड्ने बताए ।</p><p><img src="http://sajhasabal.com/uploads/posts/51df5246c5c6a45ae289ca18536969961546250238.png" style="width: 832px;"><br></p><p>सरकारले आफ्नै विद्युतीय बस देशभर संचालनमा ल्याउने भएको छ | विद्युतीय बसको सुरुवात काठमाडौंबाट गर्न लागिएको मन्त्रि महासेठले बताए । उनकाअनुसार अहिले विद्युतीय बस चलाउन नेपालका सडकहरु कति उपयुक्त छ भनेर अध्ययन भइहरेको छ ।</p>