२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनलाइनमार्फत बस टिकट काट्नेको सङ्ख्या बढ्दो

२०७५, ४ माघ शुक्रबार ०७:४४

माघ ४, काठमाण्डौ | अनलाइनमार्फत बसको टिकट काट्न सकिने सेवा शुरू भएपछि यसतर्फ यात्रुको आकर्षण बढ्दै गएको छ । आधुनिक प्रविधिको प्रयोगबाट पछिल्ला दिनमा सेवाग्राहीले थप सुविधा प्राप्त गर्दै आएका छन् । 

अनलाइनमार्फत बसको टिकट काट्न सकिने प्रविधि निर्माण गरेको बससेवा डटकमका अनुसार अहिले दैनिक करीब ५०० जनाले अनलाइनमार्फत नै बसको टिकट काटेर यात्रा गरिरहेका छन् । 

बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले भन्नुभयो, “हामीले तीन वर्ष अगाडि सेवा शुरू गरेका हौँ, पछिल्लो समयमा अनलाइनबाट टिकट काट्ने यात्रुको सङ्ख्या बढिरहेको छ । सुरुसुरुमा यातायात व्यवसायीले अनलाइनमार्फत टिकट बिक्री गर्ने कुरामा चासो नदेखाए पनि पछिल्लो समय यातायात व्यवसायीसमेत यसमा आकर्षित भएका छन् । 

“अहिले यातायात व्यवसायीले सुविधा सम्पन्न एसी÷डिलक्स गाडीमा लगानी बढाइरहेका छन् । महङ्गो मूल्यमा गाडी खरीद गरेसँगै यात्रुलाई पनि गुणस्तरीय सेवा दिनका लागि उहाँहरूले प्रविधिको प्रयोग गर्न उत्सुक हुनुहुन्छ”, सिइओ खनालले भन्नुभयो । 

धौलागिरि यातायात व्यवसायी समितिका अध्यक्ष उमेश केसीले हिजोका दिनमा हातले टिकट काट्दा यात्रु र कर्मचारी दुवैलाई झञ्झट थियो, अहिले यात्रु काउन्टरसम्म पुग्न नपर्ने र कर्मचारीलाई पनि काम गर्न सहज हुने भएका कारण अनलाइन टिकटिङ शुरू गरेको बताउनुभयो । व्यवसायीलाई सवारीको प्रबन्ध मिलाउन र टिकटलाई व्यवस्थापन गर्नका लागि प्रविधिको प्रयोगले धेरै सहज भएको उहाँको भनाइ छ । 

यस्तै अनलाइन टिकटिङको सेवा दिइरहेको नमस्ते कपिलवस्तु यातायात प्रालिका अध्यक्ष कुमार खड्काले पनि पछिल्लो समय अनलाइनबाट टिकट काट्नेको सङ्ख्या बढेको बताउनुभयो । 

अहिले धेरै क्षेत्रमा अनलाइन भुक्तानी तथा कारोवार शुरू भए पनि सार्वजनिक यातायातका साधनमा प्रविधिको प्रयोग हुन नसकिरहेका बेला बस सेवाले यातायात व्यवसायीलाई आवश्यकपर्ने ‘बि–सफ्ट’ नामक सफ्टवेयर निर्माण गरी अनलाइनबाटै टिकट काट्न सकिने सेवा ल्याएको हो । नेपालका अधिकांश रूटमा अनलाइन टिकट काट्न सकिन्छ । 

यात्रुले आफ्नो मोबाइल, इन्टरनेटमार्फत घरैबाट अथवा नजिकको साइबर कम्युनिकेशनबाट टिकट काट्न सक्छन् । ‘बि–सफ्ट’ सफ्टवेयर प्रयोग गर्दा यातायात व्यवसायीलाई समेत धेरै फाइदा हुने सिइओ खनालको भनाइ छ । 

उहाँले भन्नुभयो, “सबै कुरा सफ्टवेयरले नियन्त्रण गर्ने हुँदा मानवीय त्रुटिका कारण हुने कमजोरी हट्छ ।” यसको प्रयोग गर्दा दशैँ तिहार तथा अन्य समयमा धेरै यात्रु ओहोरदोहोर गर्ने समयमा पनि टिकट दोहोरिने तथा टिकटमा कालोबजारी गर्न नसक्ने हुँदा यातायात व्यवसायीलाई पनि सेवा प्रदान गर्न सहज हुने उहाँको भनाइ छ । 

यस्तै यात्रुलाई पनि घरबाटै टिकट काट्न सकिने हु“दा समय र खर्च दुवैको बचत हुनुका साथै टिकट बुकिङकै लागि काउण्टरमा गई लाइन बस्नुपर्ने सास्तीबाट मुक्ति मिल्छ । बस सेवा डटकम, बस सेवा मोबाइल एप्सलगायतका माध्यमबाट टिकट काटी ई–सेवा, आइएमई पे, इप्रभुलगायतका भुक्तानी सेवा प्रदायक तथा इन्टरनेट बैंकिङ र मोबाइल बैकिङमार्फत टिकट काट्न सकिन्छ । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने