२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसारकै ठूलो ज्यान भएका रोली नेपाल आउँदै

२०७५, ५ माघ शनिबार ११:०२

माघ ५, काठमाडौँ | ‘द विष्ट’को उपनामले प्रख्यात विश्व बडीबिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएका खेलाडी रोली विङ्लार पहिलो पटक नेपाल आउने भएका छन् । 

नेपाली खेल इतिहासमा पहिलो पटक आयोजना हुन लागेको ‘आइएफबिबी प्रोफेसनल लिग नेपाल बडीबिल्डिङ च्याम्पियनसिप–२०१९ को प्रो क्वालिफायरका लागि विङ्लार आगामी फागुन २ गते काठमाडौँ आउन लागेको आयोजक आइएफबिबी लिग नेपालका प्रमुख एवं पूर्वखेलाडी सानु गुरुङले जानकारी दिनुभयो । 


बडीबिल्डिङको सबैभन्दा ठूलो प्रतियोगिता मानिने मिस्टर ओलम्पियामा भाग लिन प्रो कार्ड आवश्कता पर्छ र त्यसका लागि प्रो कार्ड अनिवार्य लिनुपर्ने हुन्छ । ‘फुटबलको वल्डकप वालिफायर जस्तै मिस्टर ओलम्पियाको लागि पनि यो क्वालिफायर हो, प्रो कार्ड बिना मिस्टर ओलम्पियामा भाग लिन पाउँदैन”, गुरुङले भन्नुभयो । 

त्यसैका लागि तीन पटकका मिस्टर नेपाल र दुई पटकको धर्मश्री च्याम्पियन सानु गुरुङले आइएफबीबीको फेन्चाइज नेपाल भित्र्याएर प्रो क्वालिफायर आयोजना गर्न लाग्नुभएको हो । 

आगामी फागुन ३–४ मा प्रज्ञा भवनमा आयोजना हुने ‘प्रो क्वालिफायर’मा अतिथिको रुपमा विङलार काठमाडौँ आउन लागेका हुन् । विङ्कलार बडीबिल्डिङमा सबैभन्दा बढी खोजिने पात्र हुन् । उनको इन्स्टाग्राममा मात्र १२ लाख ‘फलोअर’ छन् भने फेसबुकमा एक लाखभन्दा बढी ‘फलोअर’ छन् । 

विङ्लारको पाखुरा मात्र २४ इञ्चको छ । नेदरल्यान्डमा जन्मिए पनि आफ्नो व्यावसायिक खेल जीवनका कारण उनी अमेरिकामा बसोबास गर्छन् । यसैबीच उनले एक डिडियो सन्देश जारी गर्दै आफू नेपाल आउन लागेको बताएका छन् । भिडियो सन्देशमा नेपालमा आयोजना हुने ‘प्रो क्वालिफायर’ मा भाग लिने सबै खेलाडीसँग छिट्टै भेट हुने पनि बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल