Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

खानी तथा भू–गर्भ विभागद्वारा चार जिल्लाको भौगर्र्भिक अध्ययन हुँदै

By kit 3 मिनेट पढाइ

<p>&nbsp;खानी तथा भू–गर्भ विभागद्वारा चार जिल्लाको भौगर्र्भिक अध्ययन हुँदै</p><p>माघ ६, काठमाण्डौ | खानी तथा भू–गर्भ विभागले चार जिल्लाको भौगर्भिक नक्साङ्कन लिने काम शुरु गरेको छ । भू–वैज्ञानिक अध्ययन एवं अनुसन्धान गरी देशको भौगर्भिक तथ्यसम्बन्धी ज्ञान प्राप्त गर्ने उद्देश्यले स्थापना भएको विभागले धादिङ, गोरखा, तनहुँ र चितवनको भौगर्भिक अध्ययन लिने काम शुरु गरेको हो । उक्त क्षेत्र भूकम्प धेरै जाने जिल्लामा समेत पर्ने गर्दछन् ।&nbsp;</p><p>विभागका प्रवक्ता कृष्णदेव झाले चार जिल्लाको भू–वैज्ञानिक अध्ययन तथा भू–गर्भको बारेमा अध्ययनको काम भइरहेको जानकारी दिनुभयो। “भौगर्भिक अध्ययन भएपछि मात्र के कस्ता खानी सम्भावना छन् वा के कस्ता संरचना निर्माण गर्न सकिन्छ भन्ने बारेमा जानकारी पाउन सकिन्छ”–उहाँले भन्नुभयो ।&nbsp;</p><p>यसैगरी, विभागले मकवानपुरको किट भञ्याङमा भू–भौतिक सर्वेको कामसमेत गरिरहेको छ । प्रवक्ता झाका अनुसार खोटाङमा चुनढुङ्गा अन्वेषणका लागि सर्वेक्षण र ड्रिलिङ कार्य सम्पन्न भइसकेको छ भने महोत्तरीको जलेश्वरमा भने भू–इन्जिनीयरिङ कार्य सम्पन्न भएको छ । रासस&nbsp;</p>