Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कलाकार गणेश न्यौपानेको निधन

By kit 2 मिनेट पढाइ

<p>माघ ७, काठमाण्डौ | कलाकार गणेश न्यौपाने ‘मुनाल’को आज निधन भएको छ । दमका रोगी ६८ वर्षीय मुनालको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको कलाकार निर्मल शर्माले जानकारी दिनुभयो ।&nbsp;</p><p><img src="http://sajhasabal.com/uploads/posts/3d49e77ce6a761758bd2812c16cd42781548064969.png" style="width: 25%; float: left;">मुनालले प्रेमयुद्ध, दिदीबहिनी, मिस्टर डन, सेतो बाघलगायत चलचित्र तथा ‘तितो सत्य’लगायतका टेलिश्रृङ्खलामा अभिनय गर्नुभएको थियो ।</p><p> मुनालको आजै अन्तिम संस्कार गरिने भएको छ । उहाँको पार्थिव शरीर पशुपति आर्यघाटमा श्रद्धाञ्जलिका लागि राखिने शर्माले जानकारी दिनुभयो । मुनाल काठमाडौँको महाङ्कालका स्थायी बासिन्दा हुनुहुन्थ्यो । रासस&nbsp;</p>