Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भाषासेवी मोहनराज शर्माको ७८ निधन

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १०, काठमाडौँ | दमबाट थलिएका भाषासेवी मोहनराजको शर्माको ७८ वर्षको उमेरमा बिहीबार मृत्यु भएको छ ।

शर्माको उपचारका क्रममा काठमाडौंको कलंकीस्थित नेसनल अस्पतालमा निधन भएको हो । शर्मा प्रेसर र सुगरबाट समेत पीडित थिए ।

नेपाली साहित्य क्षेत्रमा प्रयोगवादी धारामा कलम चलाउने शर्माको पहिलो रचना २०१६ सालमा ‘बिलू निबन्ध’ प्रकाशित भएको थियो ।

उनको नेपाली भाषाको व्याकरण ‘शब्दरचना र वर्णविन्यास’ प्रकाशित छ । त्यस्तै शर्माका ‘शैलीविज्ञान’, ‘समकालीन समालोचना सिद्धान्त र प्रयोग’ (समालोचना) प्रकाशित छन् ।

शर्माका च्याँखा धर्मा, कोर्रा, महाशुन्य, बैखरी कथासङ्ग्रह प्रकाशित छन् भने ‘जेमन्त’, ‘यमा’, ‘बैकुण्ठ एक्स्प्रेस’ उपन्यास प्रकाशित छन् ।

उनले  ‘वैकुष्ठ एक्सप्रेस’का लागि २०४२ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए ।

७८ वर्षीय शर्माका दुई छोरा, एक छोरी र श्रीमती रहेका छन् ।