Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विश्वयात्री थोर नेपालमा

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माघ १६, काठमाडौँ | डेनिस रेडक्रसका सद्भावनादूत विश्वयात्री सी पेडर्सन थोर विश्वयात्राका क्रममा नेपाल आइपुग्नुभएको छ ।

उहाँको नेपाल भ्रमण १७९ औँ मुलुक हो । हालसम्म कुनै उडान नगरी स्थल र जलमार्गको प्रयोग गरी उहाँ विश्व भ्रमणमा नयाँ कीर्तिमान कायम गर्ने क्रममा विश्वको सर्वाेच्च शिखर सगरमाथाको देश नेपाल सोमबार आइपुग्नु भएको हो ।

यस क्रममा उहाँले नेपाल रेडक्रस सोसाइटीद्वारा बालकुमारीमा सञ्चालित राष्ट्रिय रक्त सञ्चार केन्द्रमा मङ्गलबार पुगी रक्तदान गर्नुभएको सोसाइटीले जनाएको छ । “मानवीय सेवाको महान कार्य रक्तदान हो, सेवा, सहयोग र आत्म सन्तुष्टिका लागि रक्तदान राम्रो माध्यम हो, सबै मानवका शरीररमा उस्तै प्रकारका रगत चलायमान भइरहेको हुन्छ ।” रक्तदान पछि उहाँले भन्नुभयो ।

सन् २०१३ देखि विश्वयात्रामा निस्कनुभएका सद्भावनादूत थोरले हालसम्म दुईलाख ४३ हजार किलोमिटर यात्रा पार गरिसक्नुभएको छ । उहाँ विश्वका २०० मुलुकको भ्रमण सकेर मात्र स्वदेश फर्किने योजनामा हुनुहुन्छ ।

कहिलेसम्म भ्रमण सकिन्छ भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “सन् २०२० को अन्त्यसम्म भ्रमण सक्ने योजना बनाएको छु ।” नेपाल भ्रमणका क्रममा सद्भावनादूत थोरले सोसाइटीको केन्द्रीय कार्यालयमा पुगी मानवीय सेवाका क्षेत्रमा कार्यरत नेपाल रेडक्रसले गरिरहेका गतिविधि, विपद् व्यवस्थापन तथा आपत्कालीन केन्द्रबारेमा जानकारी लिनुभएको थियो । मानवीय सेवाका लागि नेपाल रेडक्रसलाई डेनिस रेडक्रसले आर्थिक एवं प्राविधिक सहयोगसमेत गर्दै आएको छ ।

सो अवसरमा नेपाल रेडक्रसका अध्यक्ष सञ्जीव थापा, उपमहामन्त्री हरि न्यौपानेले मानवीय सेवाका विविध क्षेत्रमा सोसाइटीले समुदायस्तरमा विभिन्न काम गरिरहेको जानकारी दिनुभयो ।

सद्भावनादूत थोरले नेपाल भ्रमणका क्रममा विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमान ढोका दरबार तथा पाटन दरबारको पनि अवलोकन गर्नुभएको सोसाइटीका सञ्चार विभाग प्रमुख दीव्यराज पौडेलले जानकारी दिनुभयो ।