२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घ्याङ गुठीद्वारा पत्रकार सम्मेलनः खुल्यो बौद्ध स्तुपा विवादको रहस्य

२०७५, २० माघ आईतवार १५:२२

माघ २०, काठमाडौं । काठमाडौं स्थित बौद्ध घ्याङ गुठीद्वारा शनिवार पत्रकार सम्मेलनमार्फत बौद्ध स्तुपामा भएको विवादका रहस्यहरु खुलाएका छन् । विश्व सम्पदा सूचिमा रहेको बौद्ध स्तुपमा पटक–पटक विवाद तथा आक्रमण हुन थालेपछि गुठीका अध्यक्ष तथा पुजारी भुपति बज्र लामाले पत्रकार सम्मेलनको आयोजना गरिएको बताएका छन् । 

शान्ति तथा बौद्ध धर्मलम्वीहरुको पवित्र स्थल बौद्ध स्तुप परिसरमा विरोध प्रदर्शन भएकोमा गुठीका अध्यक्ष लामाले दुःख व्यक्त गर्दै उक्त कार्यप्रति भत्र्सना गरिएको छ । संसारका कुनै पनि धार्मिक क्षेत्रमा आन्दोलन, जुलुस तथा विरोध प्रदर्शन गर्न नपाईने संयुक्त राष्ट्र संघले नै उल्लेख गरिएता पनि उक्त नियमलाई उल्लंघन गर्दै गलत गतिविधि गरिएकोमा सम्बन्धित निकायले छानविन गरी कारवाहीको दायरामा ल्याउनुपर्ने उनको भनाई छ ।  


बौद्ध धर्म र आस्थालाई नै संकटमा पु¥याउन केही व्यक्ति लागि परेको आरोप लगाउँदै विरोध गर्नेहरु आर्थिक चलखेलका लागि मात्र भएको बताए । भूकम्पपछि स्तुपामा भएको मर्मत कार्यमा समेत धेरै आर्थिक हिनामिना भएको बताउँदै पछिल्लो समयमा पनि बौद्धनाथ क्षेत्र विकास कोष समितिले आर्थिक चलखेल गर्न भ्रममा पार्दै गुठीलाई निराधार आरोपहरु लगाएको उनको भनाई छ ।  विदेशी नागरिक भन्ने आरोप छ नी भन्ने पत्रकारको प्रश्नमा उनले आफु जहिले पनि नेपाल र नेपाली भूमिको पहिचानका लागि लागि परेको बताउँदै विश्वका विभिन्न देशहरुमा समेत आफुले नेपाली र नेपालको प्रतिनिधित्व गर्दै आईरहेको बताए । नागरिकताको शन्र्दभमा नेपाली नागरिकता बाहेक अरु कुनै नभएको प्रस्ट पार्दै हङकङको अस्थायी कार्ड मात्र लिएको बताए । अस्थायी कार्ड जो कोहीले लिन सक्ने बताउँदै नागरिकता बारेमा कोही भ्रममा नपार्न समेत आग्रह गरे । 

बौद्धनाथ क्षेत्र विकास कोष समिति आफैमा विवादित रहेको र आफ्नो अधिकारभन्दा बाहिर जान खोजिएको गुठी अध्यक्ष लामाको आरोप छ । बौद्ध तथा मेलम्ची घ्याङ गुठी छुट गुठी अन्र्तगत रहेतापनि सम्पूर्ण कारोवार पारदर्शी रहेको उल्लेख गर्दै आरोप लगाउनेहरुलाई महालेखा परिक्षक कार्यालयमा  हिसाव किताव खोज्न आग्रह गरे । पुजारी लामाले आफ्नो तस्बीरमाथी कुदृष्ट्रिले चरित्र हत्या हुने गरी गलत कार्य गर्नेहरुलाई मान हानीको मुद्ध लगाउने समेत बताएको छ । 


बौद्ध तथा मेलम्ची घ्याङ गुठीले गरेको जारी विज्ञप्तिमा विश्व सम्पदा सूचीमा सूचीकृत विश्वभरका बौद्धमार्गीहरुको आस्था र विश्वासको धरोहर बौद्ध स्तुपामा आर्थिक स्वार्थ बोकेका केही व्यक्ति र संस्थाले बत्ती बाल्दा पैसा उठाउने, नियम विपरीत स्तुपा क्षेत्रमा छ्योमे घर (बत्ती बाल्ने ठाउँ) बनाउने, सम्पदा अतिक्रमण गर्ने, आर्थिक चलखेल गरेर नियम विपरीत स्तुपामा विदेशी लामाहरुको शिलालेखमा नाम राख्ने साथै स्तुपा जिर्णोदारका क्रममा बौद्ध धर्म, परम्परा र पुरातात्विक नियम विपरीतका मानव वस्तु समेत राखिएको उल्लेख छ । विज्ञप्तिमा लेखिएको छ ‘विदेशी पर्यटकबाट लिइएको प्रवेश शुल्क समेत कोषको खातामा जम्मा नगरी रकम हिनामिना गर्ने कार्य समेत गरेका छन् । धार्मिक क्षेत्रमा हुने यस्ता गलत हर्कतले यतिबेला सम्पूर्ण बौद्धमार्र्गीमाथि प्रहार मात्र भएको छैन, स्वयम बौद्ध दर्शनलाई नै बदनाम गर्न खोजिएको छ ।’

चिनियाँ लामाले घ्याङ गुठी र बौद्धलाई मागी खाने भाँडो बनाएको भन्दै ‘बौद्ध बचाऔं संघर्ष समिति’ले तिन दिनअघि नारा जुलुस, विरोध प्रर्दशन तथा पत्रकार सम्मेलन गरेर बर्खास्त गर्नुपर्ने बताएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह