माघ २१, काठमाडौं | वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतकी भतिजी बबिता बस्नेत अपार्टमेन्टको कोठामा मृत अवस्थामा भेटिएकी छन् । बालकुमारीस्थित वेस्टार अपार्टमेन्टमा बबिता मृत अवस्थामा भेटिएकी हुन् ।

ललितपुरका प्रहरी प्रमुख रवीन्द्र धानुकका अनुसार सलको पासो लगाएको अवस्थामा उनको शव भेटिएको हो । घटना शंकास्पद भएकाले प्रहरीले अनुसन्धान अगाडि बढाएको उनको भनाइ छ।

आइतबार बिहान १० बजेसम्म पनि सुतेको कोठाको ढोका नखुलेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । ढोका फोरेर हेर्दा प्रहरीले पासो लगाएको अवस्थामा उनको शव फेला पारेको हो।

बबिता ऊर्जामन्त्री वर्षमान पुनका प्रेस सहयोगी रोशन खड्काकी श्रीमती हुन् । घटना शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ।

February 4, 2019
काठमाडौँ - KTM, समाज
वनमन्त्रीकी भतिजी कोठामै मृत भेटिइन्, शंकास्पद भन्दै प्रहरी अनुसन्धानमा
By साझासवाल
2 मिनेट पढाइ