<p>माघ २९, काठमाण्डौ । काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा ६८ प १०७३ नम्बरको मोटरसाईकल पल्टिँदा गौरीघाटका २४ वर्षीय पारस थपलियाको ज्यान गएको प्रहरीले जनाएको छ ।<br></p><p>यस्तै, गएको २४ घण्टामा काठमाडौ उपत्यकामा १३ सय ५५ वटा यातायात कारबाहीमा परेका छन् । </p><p>सवारी नियम उल्लङ्घन गर्ने, धेरै यात्रु बोक्ने, जाँडरक्सी खाएर गाडी चलाउने, जथाभावी पार्किङ गर्नेलगायतका १३ सय ५५ यातायात कारबाहीमा परेको प्रहरीले जनाएको छ । उनीहरुलाई कारबाही स्वरुप घटिमा ५ सय रुपैयाँ जरिवाना तिराइएको छ । </p>
February 12, 2019
काठमाडौँ - KTM, समाज
काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
By kit
2 मिनेट पढाइ










