Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

प्रजातन्त्र दिवसको उपलक्ष्यमा कविता प्रतियोगिता सम्पन्न

By साझासवाल

फागुन ७, काठमाडौँ | ६९ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा प्रेस काउन्सिल नेपालले काउन्सिल सचिवालयमा कविता प्रतियोगिता सम्पन्न गरेको छ ।

उक्त प्रतियोगितामा ‘प्रजातन्त्र बिशेष’ शीर्षकको कविता वाचन गरेर विपुल पाण्डे प्रथम भएका छन् । यसैगरी मुना खतिवडा द्धितीय तथा लोकराज भट्ट तृतीय भएका छन् । कविता प्रतियोगितामा प्रेमचन्द्र बडू, संझना पौडेल, मदनकृष्ण सिलवाल, कुशल अर्यालसहित ७ जनाले भाग लिएका थिए ।

सो अवसरमा काउन्सिलका सदस्य चेतनाथ धमला, मुख्य अधिकृत झविन्द्र भुसाल, सह–प्रशासकीय अधिकृत (सूचना अधिकारी) दीपक खनाल, डा. धनप्रसाद सुवेदीले पनि कविता प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा प्रजातन्त्र प्राप्तिका लागि गर्नु परेको संघर्ष, प्रजातन्त्र पश्चात जनताले भोगेको शासन व्यवस्थाबारे व्यंग्यात्मक कविताहरु प्रस्तुत भएका थिए ।