<p>काठमाडौँ, १७ फागुन | महानगरीय अपराध महाशाखाले सरकारी छाप र प्रमाणपत्र कीर्ते गर्ने तीन जनालाई पक्राउ गरेको छ । <br></p><p>व्यक्तिबाट नगद रकम लिई सरकारी छाप कीर्ते गरी दश जोड दुईको विभिन्न प्रमाणपत्रहरु नक्कली बनाएको आरोपमा दीपक कटुवाल, रेखा माझी र अप्सरा गुरुङलाई काठमाडौँको महाराजगञ्जबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ । </p><p>उनीहरुको साथबाट नक्कली प्रमाणपत्रसमेत बरामद भएकाले सरकारी छाप दस्तखत कीर्ते मुद्दामा आवश्यक कारवाहीको लागि आज महानगरीय प्रहरी परिसर काठमाडाँैलाई बुझाइएको महाशाखाले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक मोहन थापाले उनीहरुको विषयमा आज जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान शुरु गर्न लागिएको जानकारी दिनुभयो । रासस</p>
March 1, 2019
काठमाडौँ - KTM, समाज
सरकारी छाप कीर्ते गर्ने २ महिलासहित तीन जना काठमाडौँबाट पक्राउ
By kit
2 मिनेट पढाइ










