Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

हेलिकोप्टर दुर्घटनामा परेर निधन भएका रवीन्द्रका अंगरक्षकको पेस्तोल भेटियो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन २२, ताप्लेजङ ।&nbsp; </b>ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीका अंगरक्षक अर्जुन घिमिरेले बोकेको पेस्तोल फेला परेको छ ।<br></p><p>गत फागुन १५ गते फुङलिङ नगरपालिका-१० स्थित तारेभीरको जंगलमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना हुँदा निधन भएका घिमिरेको नाइन एमएमको पेस्तोल हराएको थियो ।</p><p>उक्त पेस्तोल मंगलबार दिउँसो फेला परेको प्रहरीले जानकारी दिएको छ । अस्थायी प्रहरी चौकी माथिल्लो फेदी र नेपाली सेनाको टोली घटनास्थलमा गई खोजी गर्ने क्रममा १ थान पेस्तोल, २ थान म्याग्जिन, ३ थान साबुत गोली, ३ वटा खोका र मोबाइल जलेको अवस्थामा फेला परेको हो ।</p>