२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्रान्डी अस्पतालमा सफल ‘एन्युरिजम क्वाइलिङ’ शल्यक्रिया

२०७५, २३ फाल्गुन बिहीबार ०५:०७

फागुन २३, काठमाडौँ (रासस) | ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले हालै सफलतापूर्वक सेरेब्रल एन्युरिजम क्वाइलिङ शल्यक्रिया गर्न सफल भएको छ । सेरेब्रल एन्युरिजमबाट पीडित एक वृद्धाको डा. सुवाष फुयाल, डा कपिल दवाडी र डा सौरभकृष्ण मल्लको चिकित्सक टोलीले सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । 

एन्युरिजम भनेको मस्तिष्कमा रहेको रक्तनलीको कमजोर भाग फुल्नु हो जुन फुट्यो भने आन्तरिक रक्तश्राव भई बिरामीको मृत्युसमेत हुनसक्ने कन्सल्ट्यान्ट न्युरोइमेजिङ एन्ड इन्टरभेन्सनल रेडियोलोजिस्ट डा. फुयाल बताउनुहुन्छ । उहाँका अनुसार एन्युरिजम क्वाइलिङमा बिरामीको खप्पर नखोलिकनै गरिने भएकाले बिरामीका महत्वपूर्ण आन्तरिक अङ्गमा क्षति पुग्ने सम्भावना निकै कम हुन्छ । 

असह्य टाउको दुख्नुका साथै र बारम्बार अचेत भएपछि लमजुङबाट ल्याइएकी ६० वर्षीया वृद्ध महिलामा यो उपचार विधि अपनाएको थियो । अहिले बिरामीको स्वास्थ्य अवस्था राम्रो भई घर पठाइएको छ । 

नेपालमै यस किसिमको उपचार सम्भव भएकामा खुशी व्यक्त गर्दै बिरामीका आफन्त अमृत गुरुङले भन्नुभयो, “यसबारेमा धेरैलाई जानकारी नहुँदा धेरैले अकालमै ज्यान गुमाउनुपरेको छ भने विदेशका महँगो अस्पतालमा लाखौँ रुपैयाँ खर्चिनु परेको छ ।” 

अत्याधुनिक प्रविधि र वैज्ञानिक खोजलाई निरन्तर पछ्याइरहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले सेरेब्रल एन्युरिजम क्वाइलिङ सफलतापूर्वक सम्पन्न गरेर नेपालमै सर्वोत्कृष्ट र विश्वस्तरीय उपचार हाम्रै देशमा गराउने अवसर बिरामीलाई दिन सफल भएको अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो