२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विज्ञान तथा प्रविधि प्रदर्शनी

२०७५, २३ फाल्गुन बिहीबार १०:३६

फागुन २३, काठमाडौँ | घट्टेकुलो डिल्लीबजारस्थित एसएबी पब्लिक स्कूलले विज्ञान प्रविधि प्रर्दशनी २०७५ सम्पन्न गरेको छ । विद्यालयको विज्ञान विभागको संयोजकत्वमा सञ्चालित प्रदर्शनीमा कक्षा ८, ९ र १० का विद्यार्थीले भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान, विद्युतीय तथा रोबर्टिक्ससम्बन्धी प्रदर्शनी प्रस्तुत गरेका थिए । 

काठमाडौँ उपत्यकाका केही कलेजले पनि प्रदर्शनीमा आफ्नो परियोजनामार्फत सहभागिता जनाएका थिए । उक्त प्रदर्शनी काठमाडौँ उपत्यकाका थुप्रै विद्यालय तथा माध्यमिक विद्यालयका विद्यार्थीद्वारा अवलोकन गरिएको स्कूलले जनाएको छ । कार्यक्रम अवलोकनका क्रममा माध्यमिक विद्यालयको छाता सङ्गठन हिसानका अध्यक्ष रमेश सिलवालले एसएबीले आयोजना गरेको प्रदर्शनीले विद्यार्थीमा उत्पन्न हुने विज्ञानका कुतुहुलतालाई केही हदसम्म मेटाएको विचार व्यक्त गर्नुभयो । विद्यालयका संस्थापक प्रिन्सिपल लक्ष्यबहादुर केसीले एक्काइसौँ शताब्दी विज्ञानको युग भएकाले त्यससम्बन्धी दक्षता हासिल गर्न विद्यार्थी सक्षम बनून् भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो