चैत १, काठमाडौं । सरकारले ५० प्रतिशत कैद भुक्तान गरेका कैदीहरुलाई बाँकी कैद छुट दिन फौजदारी संहिता संशोधन गर्दैछ ।

कारागारको क्षमता कम भएका कारण कैद छुट पाउन सक्ने अपराधमा संलग्नहरुलाई ५० प्रतिशत कैद भुक्तान गरेको भए बाँकी छुट दिन सक्नेगरी फौजदारी संहिताका केही प्रावधान संशोधन गर्न लागिएको गृहमन्त्रालयले जनाएको छ ।

अपराध संहितामा २५ प्रतिशतसम्म छुट दिन सक्ने ब्यवस्था छ । यहि व्यवस्थाले कारागारको क्षमता भन्दा दोब्बर कैदी राख्नुपरेको अवस्था छ ।

सरकारले विशेष अवशरमा समेत कैदीहरुलाई छुट दिने गरेको छ । त्यस्तो विशेष अवसरमा ४० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीलाई ६० प्रतिशतसम्म कैद छुट दिने व्यवस्था रहेको गृहसचिव राईले बताए ।

कैदीहरुलाई कैद छुट दिन फौजदारी संहिता संशोधन गरिंदै