२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिजिटल मालपोत अभियान शुरु

२०७५, ३ चैत्र आईतवार १७:०५

चैत ३, काठमाडौं (रासस) | भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ’डिजिटल’ मालपोत बनाउने अभियान शुरू गर्नुभएको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने मालपोत र नापी कार्यालयसँग जोडिएर धेरै जनगुनासा आएकाले मालपोत र नापी कार्यालयलाई डिजिटल कार्यालय बनाउन मन्त्री अर्यालले अभियान थाल्नुभएको हो । 

सो अभियान पहिलो चरणमा काठमाडौँ उपत्यकाका मालपोत तथा नापी कार्यालयबाट शुरू गरिएको छ । त्यसअन्तर्गत मन्त्री अर्यालले कलंकी मालपोत कार्यालयको आज अनुगमन गरेको उहाँका प्रेस संयोजक देविका घर्तीले जनाउनुभयो । 

देशैभर मालपोत र नापी डिजिटल 

कार्यालय अनुगमनपछि मन्त्री अर्यालले एक वर्षभित्र देशैभरका मालपोत र नापी कार्यालयलाई नमूना बनाउने गरी मन्त्रालय अगाडि बढेको बताउँदै आगामी असारभित्र काठमाडौँ उपत्यकाभित्रका सबै मालपोत र नापी कार्यालयलाई नमूना बनाइने बताउनुभयो । “आगामी असार मसान्तसम्म उपत्यकाका सबै मालपोत र नापी कार्यालय डिजिटल बनाउन लागेका छौँ । त्यसको शुरूआत कलङ्कीबाट गरिएको छ । त्यसपछि डिल्लीबजार र चाबहिलबाट काम शुरू गर्छौँ”, मन्त्री अर्यालले भन्नुभयो, “असार मसान्तसम्म उपत्यकाका सबै मालपोत कार्यालय डिजिटल बनाउछाँै । त्यसपछि देशैभरका २४४ वटा मालपोत र नापी कार्यालय एक वर्षभित्र डिजिटल बनाएर सबै कार्यालय डिजिटलमय बनाउने गरी हामी अगाडि बढाउछौँ ।” 

पुराना धमिरा लागेका कागजपत्र खिँचेर अहिले स्क्यानिङ गर्ने र डिजिटल भर्सनमा लगेर व्यवस्थित गर्नेगरी अगाडि बढेको छ भन्दै उहाँले केही कागजात पुरानो भएका कारण काम गर्न अलिकति ढिलाइ भइरहेको स्पष्ट गर्नुभयो । मन्त्री अर्यालले एकद्वार प्रणालीमार्फत जनताको काम गरिने बताउँदै भन्नुभयो, “एक ठाउँबाट पेश गरेको डकुमेन्ट बढीमा आधा घण्टामा अर्को ढोकाबाट काम पुरा भएर डकुमेन्ट निस्कने वातावरण बनाउन खोजेका हौँ, ” मन्त्री अर्यालले भन्नुभयो, “यसो गर्दा ७० प्रतिशत भ्रष्टाचार कम हुन्छ भन्ने विश्वास छ ।” अनलाइन सेवा शुरू भएका १९ कार्यालय हेर्दा पछिल्ला वर्षमा राजस्वमा निकै बढोत्तरी भएकाले डिजिटल सेवा सफल हुने मन्त्री अर्यालको विश्वास छ । अब सबै कार्यालयमा बैंकिङ कारोवारमार्फत काम हुने मन्त्री अर्यालले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो