Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

देशैभरी शुक्रबार र शनिबार बदली हुने, हावाहुरीसहित वर्षाको सम्भावना

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत २२, काठमाडौँ ।</b> काठमाडौँलगायत मुलुकका धेरैजसो ठाउँमा शुक्रबार र शनिबार बदली हुने सम्भावना रहेको छ । पश्चिम पहाडका केही ठाउँमा शुक्रबार र मध्य क्षेत्रका केही ठाउँमा शनिबार हावाहुरीसहित बदली हुने सम्भावना छ ।<br></p><p>मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशको पूर्वी, मध्य र पश्चिमी पहाडी क्षेत्रका केही भागमा बदली हुनेछ ।</p><p>देशको पूर्वी, मध्य र पश्चिमी क्षेत्रका केही भाग मेघ गर्जनसहित वर्षाको सम्भावना छ । उच्च हिमाली भागमा हल्का हिमपातको सम्भावना छ । शनिबार पनि देशको अधिकांश भागमा मेघ गर्जनसहित सामान्यदेखि पूर्ण बदली र हिमाली भेगमा हिमपात हुने सम्भावना छ । तराईका सीमावर्ती जिल्लामा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।</p>