२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार गिरीको रिहाईको माग गर्दै माइतीघरमा प्रदर्शन

२०७६, ३ बैशाख मंगलवार १५:४१

बैशाख ३, काठमाडौँ । पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दै पत्रकारहरुले काठमाण्डौंको माइतीघरमा प्रदर्शन गरेका छन्  ।  विद्युतीय अपराधको तरबार नदेखाउ, पत्रकारले लेख्ने हो लेख्न पाउनुपर्छ भन्दै अनलाइन पत्रकार संघको अगुवाइमा माइतीघरमा प्रदर्शन गरेका छन् ।


पत्रकारहरुले ‘पक्राउ परेका पत्रकारलाई तत्काल रिहाई गर, लेख्नपाउन पत्रकारको संवैधानिक अधिकार रक्षा गर, विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।


कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट सहितका पदाधिकारी, अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।पत्रकार गिरीलाई यसअघि सोमबार पत्रकार महासंघको रोहवरमा छाडिएपनि मंगलबार पुन नियन्त्रणमा लिइएको हो । काठमाण्डौ जिल्ला अदालतले गिरीलाई अनुसन्धानका लागि ३ दिनको म्याद थप गरेको छ ।


सोमबार पत्रकार महासंघको रोहवरमा मंगलबार अदालती प्रक्रियाका लागि हाजिर हुने गरी रिहा गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय