Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

यस्तो रहनेछ – आजदेखि ३ दिनसम्मको मौषम

By साझासवाल 5 मिनेट पढाइ

बैशाख ४, काठमाडौँ | भारतको सबै राज्यमा मौषममा भएको अचानक परिवर्तनको असर नेपालमा पनि पर्न सक्ने अनुमान भईरहेको बेला मौषम बिज्ञान बिभागले आजदेखि शुक्रबारसम्मको मौषम विवरण दिएको छ । बिभागले दिएको जानकारी अनुसार आज देशैभरि सामान्य देखि पुर्ण बदली रहि पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका केहि स्थानहरुमा चट्टयांग तथा हुरी बतास सहित हल्का देखि मध्ययम वर्षा/असिना पानीको संभावना छ ।

बिभागको अनुसार आज तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको छ ।

बिभागले दिएको जानकारी अनुसार आजदेखि तीन दिनसम्मको मौषम पूर्वानुमानको अवस्था तल अध्ययन् गर्न सक्नुहुनेछ  ।

बैशाख ०४ गते (बुधबार):

दिउँसोः देशै भरि सामान्य देखि पुर्ण बदली रहि पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका केहि स्थानहरुमा चट्टयांग तथा हुरी बतास सहित हल्का देखि मध्ययम वर्षा/असिना पानीको संभावना छ । देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको देखिन्छ | उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपातको सम्भावाना रहेको छ ।

राति: देशै भरि सामान्य बदली रहि देशका पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा र पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा चट्टयांग तथा हुरी बतास सहित हल्का देखि मध्ययम वर्षा/असिना पानीको संभावना छ । देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको देखिन्छ |उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपातको सम्भावाना रहेको छ ।

बैशाख ०५ गते (बिहिबार):

दिउँसोः देशै भरि आंशिक देखि सामान्य बदली रहि पश्चिमी क्षेत्रका केहि क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना छ ।

राति: देशको पहाडी भेगमा आंशिक बदली रहि देशका पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना छ ।

बैशाख ०६ गते (शुक्रबार):

दिउँसोः देशका पहाडि भु-भागहरुमा आंशिक देखि सामान्य बदली र तराईका भु-भागहरुमा आंशिक बदलि रहनेछ। पश्चिमी भु-भागका केहि क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना छ ।

राति: देशको पहाडी भेगमा आंशिक बदली र अन्य भु-भागमा सामान्यतया सफा रहनेछ।