वैशाख ५, काठमाडौं । वाइडबडी प्रकरणको छानविनका गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमान खरिद प्रक्रियामा संलग्न विदेशी कम्पनीहरुलाई बयानका लागि बोलएको छ ।

दोस्रोपटक सूचना जारी गर्दै अख्तियारले आयरल्यान्डको हाईफ्लाई एक्स, अमेरिकन कम्पनी एएआर इन्टरनेशनल, जर्मन एभियन क्यापिटल जीएमबीएम, पोर्चुगलको हाई फ्लाइ एयरलाइन्स,र जर्मनीको नर्टन रेाज फुलब्राइट कम्पनीका प्रतिनिधिलाई बयानका लागि बोलाएको हो ।

बिहीबार सूचना जारी गर्दै अख्तियारले ७ दिनभित्र आफ्नो कार्यालयमा उपस्थित हुने अनुरोध गरेको छ । यदी तोकिएको समयीमाभित्र बयानका लागि नआए कानूनी रुपमा नै प्रक्रिया अघि बढाइने अख्तियारले जनाएको छ ।

नेपाल वायुसेवा निगमले खरिद गरेको दुई वटा वाइडबडी विमानका ४ अर्ब भ्रष्टाचार भएको लेखा सकितिको प्रतिवेदनका आधारमा अख्तियारले छानविन गरिरहेको छ । यस क्रममा उसले खरिद प्रक्रियमा संलग्न निगमको सञ्चालक समितिका पूर्व पदाधिकारी, निगमका कर्मचारी लगायतसँग वयान लिएको छ।

अब अख्तियारले विमान खरिदमा विभिन्न किसिमबाट संलग्न भएका कम्पनीसंग पनि वयान लिन सुरु गरेको हो ।

April 18, 2019
काठमाडौँ - KTM, समाज
वाइडबडी खरिद प्रकरण: अख्तियारले यी ५ विदेशी कम्पनीलाई बयानका लागि बोलायो
By kit
3 मिनेट पढाइ