<p>वैशाख ६, काठमाडौं । सर्वोच्च अदालतले पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।<br></p><p>शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै प्रतिबन्ध लगाउनुको कारण १५ दिनभित्र पेश गर्न आदेश दिएको छ ।</p><p>पब्जी खेल्दा विकृति देखिएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले यसलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।</p>
April 19, 2019
काठमाडौँ - KTM, समाज
पब्जी प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
By kit
1 मिनेट पढाइ










