<p><b>बैशाख ७, काठमाडौं ।</b> विवाहमा दाइजोको रुपमा रुपैयाँ, पैसा, गाडी दिनु आम चलन हो । तर, भारतको मध्यप्रदेश बसिआएका सपेरिया (सर्प नचाउने) समुदायमा अनौठो दाइजो दिन चलन छ । उक्त समुदायले दाइजोको रुपमा २१ वटा विषालु सर्प दिने गरेका छन् । यो परम्परा सदियौँदेखि चल्दै आएको छ ।</p><p><img src="http://sajhasabal.com/uploads/posts/18dae31617e17012abc27f1790403ad31555727708.jpg" style="width: 756px;"><br></p><p>सर्प दाइजो दिएन भने वैवाहिक सम्बन्ध छिट्टै टुट्छ भन्ने मान्याता छ । भनिन्छ केटीको विवाह पक्का भएपछि उसको परिवारका सदस्यले सर्प समात्न सुरु गर्छन् । यस समुदायका बच्चाहरु सर्पदेखि डराउँदैनन्् । बरु सर्पसँगै खेलिरहेका देखिन्छन्् । खासगरी यो समुदायको पेशा सर्प समात्ने हो । यी समुदायका मान्छेहरु अरुलाई सर्प देखाएर पैसा कमाउँछन् । यो सामग्री नागरिक पत्रिकामा प्रकाशित छ ।</p>
यस्तो ठाउँ जहाँ दुलहीलाई दाइजोमा २१ वटा विषालु सर्प दिइन्छ
