जेठ २, तान्जानिया । तान्जानियाको दक्षिणपश्चिमी क्षेत्रमा अत्यधिक बर्षाका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

बर्षाकै कारण अरु दुई हजार ५०० भन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

एमबेया क्षेत्रमा पर्ने क्येलामा घटना भएको क्येला जिल्लाका कार्यकारी अधिकृत सालोम मागाम्बोले बताउनुभयो ।

“हामीले १४ ओटा शरणार्थी शिविर बनाएका छौँ, ती शिविरहरु विद्यालय र चर्चमा छन्, त्यहाँ २५ सय ७० जनालाई राखिएको छ,” मागाम्बोले भन्नुभयो ।

उहाँले कतिपय व्यक्तिहरुलाई माथिल्लो भागमा घर भएका आफन्त र साथीहरुले आश्रय दिएको पनि जानकारी दिनुभयो ।

May 16, 2019
काठमाडौँ - KTM, समाज
अत्यधिक बर्षाका कारण पाँचको मृत्यु, हजारौँ विस्थापित
By साझासवाल
2 मिनेट पढाइ