Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

राजमार्ग अवरुद्ध भए १० मिनेटमै खुलाइने

By साझासवाल 3 मिनेट पढाइ

जेठ ५, काठमाडौँ । सरकारले राजमार्ग वा सडक अवरुद्ध हुनै नदिने र यदि कुनै कारणले अवरुद्ध भए १० मिनेटभित्र नै अवरोध खुलाउने योजना अगाडि ल्याएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

सरकारले ल्याएको ‘राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारबाहीको कार्य्विधि, २०७५’ मा सो कुरा उल्लेख छ । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामकृष्ण सुवेदीले राजमार्ग र सडक सकभर कुनै पनि कारणले अवरुद्ध हुनै नदिने र यदि कुनै कारणले अवरुद्ध भए १० मिनेटभित्र खुलाउने जानकारी दिए ।

उनले भने, “समग्र मुलुक र आम नागरिकको ‘लाइफ लाइन’ को रूपमा रहेको राजमार्ग र सडक कुनै पनि हालतमा एकछिन पनि अवरुद्ध हुनुहुुँदैन भन्ने राज्यको मान्यता छ । त्यसैले ‘राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारवाहीको कार्य्विधि, २०७५’ कार्यान्वयनमा आएको हो ।’’

प्रवक्ता सुवेदी भन्छन्, ‘‘आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न तथा विभिन्न बहानामा राजमार्ग र सडक अवरुद्ध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न तथा आमनागरिकलाई विना अवरोध सहजरूपमा मुलुकभर यात्रा गर्न सहज होस् भन्ने उद्देश्यसहित सो कार्य्विधि ल्याइएको हो ।’’