२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला हिंसा हुन नदिन थप विशेष प्रहरी टोली

२०७६, ६ जेष्ठ सोमबार ०९:१०

जेठ  ६ काठमाडौँ ।  सार्वजानिक यातायातमा महिलामाथि हिंसा हुन नदिन प्रहरीले आगामी दिन थप विशेष टोली परिचालन गर्ने भएको छ । गत वर्ष उपत्यकाभित्रका बढी चाप हुने मार्गका सार्वजानिक बस तथा माइक्रोबसमा विशेष प्रहरी परिचालन गरिएकामा सार्वजनिक बसमा यात्रा गरेका महिलामाथि हिंसा गर्र्ने २४३ लाई विशेष टोलीले पक्राउ गरेको थियो । 

काव्य विद्यालय–प्रहरी समन्वय समिति, महानगरीय प्रहरीवृत्त नयाँ बानेश्वर तथा बानेश्वर सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित कार्यक्रममा रानीपोखरी महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले सो स्थानमा  अगामी दिन थप प्रहरी परिचालन गरिने जानकारी दिनुभयो । 

उहाँले पछिल्लो समय सामाजिक सञ्जालका कारण उत्पन्न साइबर अपराध नियन्त्रण गर्न प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा ‘साइबर ब्युरो’ स्थापना भएको जानकारी दिँदै सो ब्युरोले अपराध नियन्त्रणमा प्रभावकारी कामसमेत गरेको जिकिर गर्नुभयो । पछिल्लो समयमा साइबर अपराधमा किशोरकिशोरी र युवायुवतीको बढी संलग्नता देखिएको उल्लेख गर्दै उहाँले कम उमेरका आफ्ना छोराछोरीलाई सामाजिक सञ्जालबाट टाढा राख्न अभिभावकलाई सुझाव दिनुभयो । 

प्रहरी नायब महानिरीक्षक थापाले काव्य विद्यालयका प्राचार्य नवराज बास्कोटालाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो । नयाँ बानेश्वर प्रहरीवृत्तका प्रमुख प्रहरीनायब उपरीक्षक गोविन्दराज काफ्लेले साइबर अपराध, लागुपदार्थ दुव्र्यसन अन्त्य, सडक सुरक्षाका लागि समुदाय सचेत भई अगाडि बढ्नुपर्छ भन्नुभयो । पछिल्लो समय शान्तिसुरक्षा, बालबालिकाको आधारभूत सुरक्षा तथा जानकारीका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम तीव्ररुपमा सञ्चालन भइराखेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने