<p><b>जेठ ६ काठमाडौँ । </b>श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकको जीवनमा आधारभूत परिवर्तन ल्याउन नेपाल सरकारले सञ्चालन गरेका कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले गरेको सहयोगका लागि धन्यवाद गर्नुभएको छ । </p><p>मन्त्री विष्टसँग आज आइएलओको सहायक महानिर्देशक तथा एशिया प्यासिफिक क्षेत्रीय निर्देशक टोमोको निसिमोटोले गर्नुभएको शिष्टाचार भेटमा उहाँले श्रम क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन श्रम सङ्गठनले गर्दै आएको सहायताप्रति आभार प्रकट गर्नुभयो । आगामी दिनमा आइएलओसँगको सहकार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गर्दै मन्त्री विष्टले आइएलओको शतवार्षिकी समारोहको सफलताको कामना गर्नुभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।</p><p> भेटमा निर्देशक निसिमोटोले नेपाल सरकारले श्रमिकका अधिकार सुनिश्चित हुने गरी सामाजिक सुरक्षालगायत कार्यक्रम अगाडि बढाएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले श्रमको सम्मान अभियान, आन्तरिक श्रम बजारमा रोजगारीको अवसर सिर्जनालगायत कार्यक्रम घोषणा गरिएकामा आइएलओ उत्साहित देखिएको बताउनुभएको थियो ।</p>
May 20, 2019
काठमाडौँ - KTM, समाज
‘सहयोगका लागि धन्यवाद’
By साझासवाल
3 मिनेट पढाइ










