२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जागीरभन्दा ब्युटी पार्लरबाट राम्रो कमाइ

२०७६, ७ जेष्ठ मंगलवार १०:४१

भूपेन्द्रसिंह विष्ट, जेठ ७, परशुरामधाम । अधिकाँश पढेलेखेका युवायुवतीको उद्देश्य हुन्छ, जागीर । आजभोलि पढेलेखेका व्यक्ति प्रायः जागीरको लागि भौँतारिरहेका हुन्छन् । गैरसरकारी संस्थामा जागिर गर्नेको त लहड नै चलिरहेको छ । तर, कतिपय व्यक्ति यस्ता पनि छन् जो जागीर छोडेर कुनै न कुनै व्यवसायमा रमाइरहेका हुन्छन् । त्यसैको उदाहरण हुन्, कान्ति जोशी । 

उनी विगत एक वर्षदेखि डडेल्धुरा सदरमुकामको तुफानडाँडामा ब्युटी पार्लर व्यवसाय गर्दै आइरहेकी छन् । आफ्नो व्यवसायबाट आफू सन्तुष्ट भएको उनी बताउँछिन् । उनी दैनिक दुई हजार रुपैयाँभन्दा बढी आम्दानी गर्छिन् । उनको घरखर्च कटाएर मासिक रु ३० हजारभन्दा बढी बचत हुन्छ । “महीनाको यति नै कमाइ हुन्छ भन्ने त छैन तर पनि, मैले मासिक २५ देखि ३० हजारसम्म बचत गर्ने गरेकी छु,” उनले भनिन् – “घरायसी खर्च पनि यसैबाट चलाएकी छु । बच्चाहरुको स्कुल खर्च पनि धानेकी छु ।”

श्रीमान्को प्रेरणाले आफूले यो व्यवसायमा उनले बताइन् । व्यवसाय शुरु गर्नुभन्दा पहिले उनले एनजिओ÷आइएजिओमा काम गरेकी थिइन् । जोशीले भनिन् – “पछि साथीहरुले प्रेरणा दिनुभयो । त्यसमाथि पनि मेरो श्रीमान् र परिवारका सदस्यहरुको महत्वपूर्ण भूमिका रह्यो ।” परिवारका सदस्य र श्रीमान्ले एनजिओको जागीरले केही पनि हुँदैन भनेपछि आफूले यो व्यवसायमा हात हालेको स्मरण उनी सुनाउँछिन् । 

गैससको जागीर र व्यवसायमा फरक भएको उनको बुझाइ छ । “जागीर र व्यवसायमा आकाश र जमीनको फरक छ,” उनले भनिन् – “जागीर गर्दा १५÷२० हजारका लागि महिनौं कुर्नुपर्छ तर, व्यवसाय गर्दा ५÷६ हजार एकदिनमै कमाउन सकिन्छ ।”

उनले थपिन् – “व्यापार र जागीरमा धेरै फरक छ । व्यापार गर्दै जाने हो भने जागीर त सामान्य झै लाग्छ ।” आफूलाई आजभोलि व्यापार गर्दै जाँदा जागीर गर्नु समय खेर फाल्नु जस्तै लाग्न थालेको उनी सुनाउँछिन् । उनले ब्युटि पार्लरका लागि सामानहरु धनगढी, काठमाडौं र भारतको राजधानी नयाँ दिल्लीबाट ल्याउने गरेकी छन् ।

व्यापार गर्दा महिलामाथि धेरै चुनौतीहरु रहेको उनको ठम्याइ छ । “महिलालाई बाहिर हिड्न पनि समस्या हुन्छ, पुरुषहरुले त्यसै पनि हेप्न खोजिरहेका हुन्छन्,” उनले भनिन् – “आफू सक्षम र बाठो हुनुपर्छ त्यति धेरै हेप्दैनन् । सुदूरपश्चिमेली समाजमा महिलालाई व्यापार व्यवसाय गर्न कठिन त हुन्छ नै ।”

गैससको जागीरको पैसा र श्रीमान्को कमाइको पैसाले आफूले व्यवसाय शुरु गरेको जोशीले बताइन् । “यो पसल गर्नुभन्दा पहिले म आफैं सानोतिनो जागिर गर्थे, महीनाको २२÷२५ हजार रुपैयाँ कमाउँथे,” उनले भनिन् – “यो व्यवसाय सञ्चालन गर्न श्रीमान्बाट पनि केही पैसा लिएकी छु ।”

जागीरभन्दा पसलबाट घरपरिवार सन्तुष्ट भएको उनले सुनाइन् ।

उनले भनिन् – “म भन्दा पनि उहाँ नै खुशी हुनुहुन्छ । राम्रो आम्दानी र घरपरिवारसँगै बसेर व्यवसाय गर्न पाउँदा त म भन्दा खुशी त उहाँ नै हुनुहुन्छ ।” 

प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि उनी २०६२ सालमा पढाइको सिलसिलामा नेपालगञ्ज गइन् । उतै ६ महिना ब्युटिसियन तालीम लिइन् । परिवारसँगै सल्लाह गरेर शीप सिकेका हुन्  । “यो शीप सिक्ने अवसर मलाई मेरा दाजुभाउजू र आमाबुवाले दिनुभएको हो,” उनले भनिन् ।

सौन्दर्यले सबैलाई आकर्षित गर्छ । अहिले आएर महिला मात्र नभई पुरुष पनि पार्लर जान थालेका छन् । आर्थिक सम्पन्नतासँगै ब्युटि पार्लरमै गएर ब्युटि बन्ने महिला–पुरुषको सोखले पार्लर व्यवसाय फस्टाएको छ । कम लगानी, छोटो तालीम, व्यवसाय शुरु गर्दा मनग्य आम्दानी हुने भएपछि यसप्रति धेरैकोे आकर्षण बढेको हो । यसले महिलामा उद्यमशीलता पनि बढाएको छ । यो व्यवसायलाई अझैं विस्तार गरेर लैजाने योजना गरेको उनले सुनाइन् । 

पारिवारिक साथ र सहयोग पाए अझ यो व्यापारलाई विस्तार गर्ने सोच उनको छ । उनले भनिन् –“पारिवारिक खर्च र बालबच्चाको विद्यालय खर्च चलाउन यो व्यापारको थालनी गरेकी हुँ । मैले गर्दै आइरहेको व्यवसायबाट श्रीमान्लाई पारिवारिक खर्चको बोझ कम होस् भन्ने पनि मेरो उद्देश्य हो ।”

गाउँघरमा बेरोजगार रहेका दिदीबहिनीहरुलाई कुनै न कुनै शीप सिक्न उनीे सुझाव दिन्छिन् । “गाउँतिर रहनुभएका बेरोजगार दिदीबहिनीहरु केही सीप सिक्नुस्, आफूले सिकेको शीपको सदुपयोग गर्नुस्,” उनले भनिन् – “शीप सिकेर आत्मनिर्भर बन्नुपर्दछ, घरमा बसेर घाँसदाउरा काटेरै मात्र बस्ने होइन । त्यो त हाम्रो दैनिकी हो ।”

महिला दिदीबहिनीलाई घरमा चुलोचौकामा मात्रै सीमित नरहन उनले आग्रह गरिन् । “महिला भएर घरमा हेपिएर चेपिएर बस्नु हुँदैन,  महिलाहरुले पनि पुरुष सरह आम्दानी हुने कार्य गर्नुपर्दछ,” उनले भनिन् – “श्रीमान्कै मुख ताकेर पनि हुँदैन । आम्दानीको बाटो हामी आफैंले रोज्नु पर्छ ।” तरकारी खेती गरेर होस् या बङ्गुर पालेर आफ्नो जीविकोपार्जन आफैं गर्न सक्नुपर्छ भन्ने मान्यता उनी राख्छिन् ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने