२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

२०७६, १० जेष्ठ शुक्रबार ०६:४९

जेठ १०, काठमाडौं | पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले शुक्रबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसमविद् गंगा नगरकोटीका अनुसार पूर्वमा बनेको न्यूनचापीय रेखा र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले मेघ गर्जन र हावाहुरीसहित वर्षा भइरहेको छ।उनका अनुसार अहिले पश्चिमी क्षेत्रमा पश्चिमी वायु र मध्य तथा पहाडी भूभागमा न्यूनचापीय प्रणालीले प्रभाव पारिरहेको छ। प्रिमनसुनको समय भएकाले यो गतिविधि लामो समयसम्म कायम रहन सक्दैन। 

राति देशका मध्य र पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। शनिबार देशका अधिकांश स्थानमा आंशिक बदली रही अपराह्नपछि पश्चिमी र मध्य भूभागका एक दुई स्थानमा मेघ गर्जन  र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ। 

आइतबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई देशका पूर्वी भूभागका केही स्थानमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३० दशमलव शून्य सेल्सियस छ। आज सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ४२ दशमलव शून्य डिग्री सेल्सियस मापन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा