Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

वैदेशिक रोजगारीको आश्वासन दिएर १५ नेपालीलाई बेचबिखन गर्ने दुईजना पक्राउ

By साझासवाल 3 मिनेट पढाइ

जेठ ३२, काठमाडौँ  । नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको आश्वासन दिएर १५ नेपालीलाई बेचबिखन तथा ओसारपसार गर्ने दुईजनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने कार्यमा संलग्न खोटाङका ३६ वर्षीय राहुल थापा र सङ्खुवासभाका ४४ वर्षीय लोकमान राईलाई शुक्रबार पक्राउ गरेको हो ।

ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक ईश्वरबाबु कार्कीले आकर्षक रोजगारीको प्रलोभन देखाइ रु पाँच लाखदेखि आठ लाखसम्म लिएर नयाँ दिल्ली, पाकिस्तान, लिबिया हुँदै दुबई पु¥याएर पीडितको पासपोर्ट, नगद तथा राहदानी खोसेर बन्दक बनाउने कार्यमा संलग्न रहेकाले पक्राउ गरिएको जानकारी दिनुभयो । “बन्दक बनाएका नागरिकलाई काममा लगाएर पारिश्रमिक नदिने गरेको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो ।

पीडितलाई ब्यूरोको टोली, लिबियामा शान्ति स्थापनार्थ रहेका नेपाली सेना र अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठनको संयुक्त पहलमा नेपाल फिर्ता गरिएको ब्यूरोले जनाएको छ । पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार अनुसन्धान भइरहेको ब्यूरो प्रमुख कार्कीले बताउनुभयो । पक्राउ परेका राई यसअघि पनि मानव बेचबिखन तथा ओसारपसार कसुर अपराधमा थुनामा परेर रु १० लाख धरौटीमा रिहा भएको ब्यूरोले जनाएको छ ।