असार ६, काठमाडौं । यस वर्षको मनसुन बिहीबारदेखि नेपाल भित्रिएको छ । नेपालको पूर्वी क्षेत्र हुँदै मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यले जानकारी दिए ।

विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सुरु भएको औपचारिक जानकारी गराएको छ । मनसुन भित्रिएको जानकारी पाएसँगै अब धान रोपाइँ गर्ने किसानहरूमा खुशी छाएको छ ।

यतिबेला नेपालको इलाम, झापा, मोरङलगायतका पूर्वी तराईका जिल्ला र पहाडको ताप्लेजुङ इलाकामा मनसुनको असर परिरहेको छ ।

विभागका अनुसार पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको छ भने केही दिनभित्रै नेपालभर फैलिने अनुमान गरिएको छ ।

नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्नेगर्छ । यस आधारमा यस वर्षको मनसुन १० दिन ढिलो सुरु भएको हो । मनसुन सुरु हुनै लाग्दा अरब सागरमा उठेको आँधीले मनसुनको गतिविधिमा असर गरेका कारण नेपालमा ढिला गरी मनसुन भित्रिएको मौसमविद्हरू बताउँछन् । यो समाचार आजके गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेका छन् ।

June 21, 2019
काठमाडौँ - KTM, समाज
मनसुन भित्रियो, केही दिनभित्रै नेपालभर फैलिने
By साझासवाल
3 मिनेट पढाइ