Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

राहतकार्यमा जुट्न राजपाको अपिल

By साझासवाल 2 मिनेट पढाइ

<p><b>असार २८, काठमाडौँ ।</b> राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले निरन्तरको वर्षाका कारण मुलुकका विभिन्न भागमा जनधनको ठूलो क्षति भएकोप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहतकार्यमा जुट्न सबैमा अपिल गरेको छ ।</p><p>राजपाले आज एक विज्ञप्ति जारी गर्दै विपद्को यस घडीमा बचाउ, उद्धार र राहतमा तदारुकताका साथ अगाडि बढ्न सङघीय र प्रदेश दुवै सरकारसँग आग्रह गरेको छ । </p><p>उक्त कार्यमा सहयोग गर्न राजपाका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक एवं सहयोगीहरुलाई आह्वान गरेको छ ।</p><p>पीडित जनतालाई तुरुन्त राहत र बचाउको कार्यमा नेतृत्व गर्न स्थानीय सरकारलाई आग्रह गर्दै राजपाले सरकारका अतिरिक्त बचाउ, राहत र उद्धारकार्यमा सहयोग गर्न अन्य राजनीतिक दल, नागरिक समाज, स्वंयसेवी संस्था, दातृ निकाय, अन्तर्राष्ट्रिय समुदायलाई पनि अनुरोध गरेको छ ।</p>