असार २९, तेहरान, (रासस/ सिन्ह्वा) । इरानी विदेश मन्त्रालयले तेहरान र वासिङ्टनबीच पछिल्लो विवादलाई लिएर वार्ता भएका भन्ने सन्दर्भलाई अस्वीकार गरेको छ ।

मन्त्रालयका प्रवक्ता अव्वास मौसभीले भन्नुभयो, “स्लामिक गणतन्त्र इरानले संयुक्त राज्य अमेरिकाका अधिकारीसँग इरान अमेरिका विवादलाई लिएर कुनै पनि तहमा सम्वाद चलेको छैन ।”

कतिपय अन्तराष्ट्रिय सञ्चारमाध्यमले रूसी पहलमा अमेरिकासँग इरानी अधिकारीको सम्वाद भएको भन्ने भनाईलाई उहाँले खण्डन गर्नुभएको हो ।

इरानसँग अमेरिकासहितका केही शक्ति राष्ट्रहरूले सन् २०१५ मा गरेको आणविक सम्झौताबाट अमेरिका फिर्ता भएको घोषणा गर्दै अमेरिकी ट्रम्प प्रशासनले तेहरानमाथि ‘एकतर्फी’ आर्थिक प्रतिवन्धको घोषणा गरेपछि प्रस्तावित वार्ता अर्थहीन रहेको उहाँको तर्क रहेको छ ।

त्यसैले इरानी अधिकारीले नाकावन्दीको दावाबमा अमेरिकासँग वार्तामा नबस्ने पनि उहाँले बताउनुभयो ।

July 14, 2019
काठमाडौँ - KTM, समाज
अमेरिकासँग कुनै तहमा पनि वार्ता प्रयास भएका छैनन् : इरान
By साझासवाल
2 मिनेट पढाइ