साउन २, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर यसप्रकार छ । आज एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ८० पैसा र बिक्रीदर ११० रुपैयाँ ४० पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११० रुपैयाँ २४ पैसा थियो ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा रहेको थियो । आज साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २८ पैसा र बिक्रीदर २९ रुपैयाँ ४४ पैसा छ । हिजो पनि खरिददर २९ रुपैयाँ २३ पैसा र बिक्रीदर २९ रुपैयाँ ३९ पैसा रहेको थियो ।

यस्तै आज यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३० रुपैयाँ ०६ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३० रुपैयाँ ०१ पैसा रहेको थियो ।

आज बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ३७ पैसा र बिक्रीदर २९२ रुपैयाँ ९७ पैसा छ । हिजो खरिददर २९० रुपैयाँ ९५ पैसा र बिक्रीदर २९२ रुपैयाँ ५४ पैसा रहेको थियो ।

मलेसियन रिंगिट आज १ को खरिददर २६ रुपैयाँ ६९ पैसा र बिक्रीदर २६ रुपैयाँ ८३ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ६७ पैसा र बिक्रीदर २६ रुपैयाँ ८१ पैसा थियो ।

आज कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा छ । हिजो पनि खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसानै थियो ।

यस्तै कुवेती दिनार आज १ को खरिददर ३६० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ५२ पैसा छ । हिजो खरिददर ३६० रुपैयाँ ०८ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ०५ पैसा थियो।

July 18, 2019
काठमाडौँ - KTM, समाज
आज दुबई, कतार, मलेसिया साउदी लगाएत सबै विदेशी मुद्राको भाउ बढ्यो
By साझासवाल
4 मिनेट पढाइ