Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेरुसेलमका प्यालेस्टिनी घरहरु इजरायली सेनाद्वारा भत्काउन शुरु

२०७६, ६ श्रावण सोमबार ०६:३२

 साउन६, प्यालेस्टाइन(रासस-एएफपी)। जेरुसेलमको दक्षिणतर्फ इजरायलको भनाईमा “गैरकानुनी रुपमा बनाइएका” प्यालेस्टिनी समुदायका घरहरु सोमबार बिहानैदेखि इजरायली सेनाले भत्काउन शुरु गरेको छ । घर भत्काइएको उक्त घटनाप्रति अन्तर्राष्ट्रिय रुपमै चासो व्यक्त गरिएको छ ।

इजरायली सुरक्षा घेरानजिकैको सुर बाहेर इलाकाका चार वटा भवनलाई इजरायली सेना र प्रहरीले घेरा हालेका थिए । फ्रान्सेली समाचार समिति एएफपीका अनुसार इजरायल अधीनस्थ पश्चिम किनारालाई छुट्याउने सीमानजिकै उक्त घटना भएको छ ।

उक्त स्थानमा रिपोर्टिङका लागि संवाददाताहरुलाई पनि प्रवेश गर्न दिइएको छैन । घरका मानिस र त्यहाँ भेला भएका अधिकारकर्मीहरुलाई जबर्जस्ती घर बाहिर निकालिएको छ ।

घरधनी एक व्यक्तिले “म यहीँ मर्न चाहन्छु” भन्दै चिच्याएका थिए । 

प्यालेस्टिनीहरुले फौजी बलमा आफूहरुलाई घरबाहिर निकालेको र ती ठाउँमा इजरायली बस्ती विस्तार गर्ने मनसाय राखेको आरोप लगाएका छन् । 

इस्माइल अबाडियेले इजरायल सरकारले घर भत्काएसँगै आफूहरु घरबारविहीन भएको प्रतिक्रिया दिनुभयो । “हामी अब सडकमा पुगेका छौं ।”

गत जुन १८ मा इजरायल सरकारले घर छाड्न ३० दिनको समय दिँदै सूचना प्रकाशन गरेको थियो । इजरायल सरकारले ती घर भत्काउने जानकारी पनि स्थानीयबासीलाई गराएका थिए । प्यालेस्टिनी समुदायका यहाँका अधिकाँश घर निर्माणकै क्रममा रहेका छन् ।

राष्ट्रसंघीय मानवीय सहायता निकाय (ओचा) का अनुसार इजरायलको पछिल्लो कदमबाट प्यालेस्टिनी समुदायका निर्माणाधीन १० वटा भवन भत्कनेछन् । साथै ७० वटा अपार्टमेन्ट पनि नष्ट हुनेछ । भवन भत्काउँदा करिब ३५० जना प्रभावित हुनेछन् ।

युरोपेली युनियनका कुटनीतिज्ञहरुले पनि केही दिन अघि उक्त क्षेत्रको भ्रमण गरेका थिए । राष्ट्रसंघले भवन भत्काउने योजना तत्काल स्थगित गर्न इजरायल समक्ष आग्रह गरेको थियो । 

स्थानीय प्यालेस्टिनीहरुले अरु १०० भन्दा बढी घर भत्काउन इजरायलले तयारी गरिरहेको दाबी गरेका छन् । 

इजरायलले सन् १९६७ को छ–दिने युद्धमा पश्चिम किनारा र पूर्वी जेरुसेलमलाई कब्जा गरेको थियो । इजरायलले पछि पूर्वी जेरुसेलमलाई भने इजरायलको अभिन्न भूभागका रुपमा इजरायलमा विहीन गरेको थियो तर अन्तर्राष्ट्रिय समुदायले इजरायलको उक्त कदमलाई कहिल्यै स्वीकार गरेका थिएनन् ।

इजरायलले सन् २००० को दशकमा प्यालेस्टिनी क्षेत्रबाट इजरायललाई अलग्याउन पश्चिम किनारामा पर्खाल लगाउन शुरु गरेको थियो । प्यालेस्टिनीहरुले उक्त पर्खाललाई “रङ्गभेदी पर्खाल” को संज्ञा दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश