Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जो निन्द्रामा घरसँगै बगे…

By साझासवाल 3 मिनेट पढाइ

साउन ९, काठमाडौं।आकाश गर्जिएर सोमबार साँझदेखि नै मुसलधारे पानी बर्सिरहेको थियो । सत्यवती–३ सिङीकी तिलकुमारी तरामुले साँझ नपर्दै छोराछोरीलाई खाना खुवाइन् ।

केहीबेर भारतमा रहेका श्रीमान तिलबहादुरसँग फोनमा कुरा गरिन् । ठूलो पानी परिरहेको सुनाइन् । त्यसपछि सुत्ने तरखरमा लागिन् ।

दुई कोठाको सानो घर । माथिल्लो तलामा सुत्न नमिल्ने भएकाले सामानमात्र राखिन्थ्यो । तल भान्सामै एउटा र अर्को कोठामा दुई विस्तारा थिए ।

सधैं पल्लो कोठामा सबैसँगै सुत्थे तर सोमबार उनले दुई छोरीलाई भान्सामै सुताइन् । आफू ९ वर्षीय छोरासँग अर्को कोठामा सुतिन् । ५–७ घण्टा उनी राम्रै निदाइन होला तर त्यसपछि ब्युँझने अवसर नै पाइनन् । आमाको न्यानोमा निदाएका बालक पनि पहिरोले बगाएको घरसँगै बिदा भए ।

पाल्लो कोठामा सुतेका दुई छोरीहरुको भने कथा अर्कै भयो । उनीहरु पनि अरुहरुझै मस्त निद्रामै थिए । अचानक पत्तौ पाए–घर घरक्क ग¥यो, अनि गल्र्यामगुर्लुम भत्कियो । ‘

एकैचोटि च्यापिएपछि थाहा पायौं,’ १३ वर्षीया छोरी धनी तरामुले भनिन्,‘त्यसपछि थाहा पाएनौं ।’

छिमेकी भोजकुमारी तरामुका अनुसार बिहान ५ बजे पहिरो गएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा घनश्याम गौतमले लेखेका छन् ।