Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चीनमा पहिरोमा परी २४ जनाको मृत्यु, २७ जना वेपत्ता

By साझासवाल 2 मिनेट पढाइ

साउन १०, कुइयाङ, चीन,  (रासस/सिन्ह्वा)  ।  चीनको दक्षिणपश्चिमी प्रान्त क्विचोमा मङ्गलबार गएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको र २७ जना अझै वेपत्ता रहेको स्थानीय अधिकारीले शुक्रबार जानकारी गराएका छन् ।

शुक्रबार दिउसो १ बजेसम्म स्थानीय प्रशासनबाट प्राप्त सूचना अनुसार पहिरोमा परी २४ जनाको मृत्यु भएको र २७ जना घाइते भएका छन् भने २२ परिवारका ७७ जना पूर्णरूपमा विस्थापित भएका छन् ।

उक्त स्थानमा आठ जना भ्रमणमा आएका पर्यटक र केही श्रमिकहरूसमेत रहेको भन्ने सूचना प्राप्त भएको छ ।

उद्धारकर्ताहरूले पहिरोमा परी वेपत्ता चिनियाँहरूको खोजी गरिरहेका बताइएको छ । पहिरोमा परी घाइते अवस्थामा उद्धार गरिएका कम्तीमा ११ जनालाई उपचारका लागि स्थानीय अस्पतालहरूमा पठाइएको छ ।

लिउपान्सी शहर नजिकैको एक ग्रामिण वस्तीमाथिबाट मङ्गलबार राति ९ बजेर २० मिनेट जाँदा गएको पहिरोले २१ घरहरूलाई पुरेको स्थानीय अधिकारीले बताएका छन् ।