Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेम असफल भएपछी सडकमा पुगेका पूर्व नासु, यसरी गरियो उद्धार

२०७६, १९ श्रावण आईतवार ०८:५६

नारायण ढुङ्गाना, साउन १९, काठमाडौँ  । दुई दशकअघि सरकारी जागिरे हुनु चानचुने कुरा होइन । त्यो बेलाको सरकारी जागिरको सान बेग्लै हुन्थ्यो । बिहेबारीदेखि घरको बन्दोबस्ती तथा जीवनशैली नै फरक हुन्थ्यो । काठमाडौँ टङ्गालका ५८ वर्षीय मनोहर केसी त्यो बेला सडक विभागको नायब सुब्बा हुनुहुन्थ्यो । 

उहाँको एक युवतीसँग गहिरो प्रेम थियो । त्यही प्रेम बिछोडिँदा जीवन यात्रा नकारात्मक भएर बदलियो । “धादिङमा सडक विभागको नायब सुब्बा भएर काम गर्नुभएको थियो, प्रेममा बिछोडिँदा मनोरोगी हुनुभयो, त्यसपछि झण्डै २५÷३० वर्षदेखि सडकमै बास भयो” काठमाडौँ महानगरपालिका– ५ का वडाध्यक्ष रमेश डङ्गोलले भन्नुभयो ।

हाँडीगाउँ आसपास सडकमा एउटा हातले पाइन्ट समाउने र अर्का हातले पाँच रुपैयाँ माग्ने उहाँको दैनिकी थियो । बेलाबेलामा सडकको कागज टिपेर गोजी भर्ने । कसैले पाँच रुपैयाँ दिएपछि दोकान कुदिहाल्ने । स्थानीयवासीका अनुसार पछिल्लो समयमा उहाँ बढी मदिराको लतमा हुनुहुन्थ्यो । 


विगतमा परिवारले उपचार प्रयास पनि गरेको थियो । वडाध्यक्ष डङ्गोल सम्झनुहुन्छ, “न त सफल हुनुभयो, न परिवारमै अडेर बस्न सक्नुभयो ।” आमा हुँदासम्म उहाँ केही समय घरमा पनि बस्ने गर्नुहुन्थ्यो । आमाको शेषपछि भने उहाँको बास सडकमै हुने गरेको स्थानीयवासीको भनाइ छ ।

एकपटक सडकमा घुम्दाघुम्दै हराउनुभयो । त्यही बेला सवारी दुर्घटनामा परेर एक व्यक्तिको शव ठ्याक्कै केसीको अनुहारसँग मिल्यो । परिवारले आफ्नै मान्छे भनेर १० दिनको किरियासमेत गरेको डङ्गोल सम्झनुहुन्छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा शवको पहिचान गर्न उहाँ पनि जानुभएको थियो । केसीले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको थियो । धादिङमा उहाँ जागिरमा छँदै मानसिक समस्या आएको स्थानीयवासी बताउँछन् । 

मनोविद् डा नरेन्द्रसिंह ठगुन्ना भन्नुहुन्छ, “प्रेम या कुनै पनि विषयबाट आघात भएका व्यक्तिमा डिप्रेसन देखिन सक्छ, जीवनप्रति नैराश्य तथा एक्लोपन हुने हुन्छ, बेलैमा सही व्यवस्थापन गर्न नसकिए मानसिक समस्या पनि हुन्छ, मनोविमर्श सेवा र साइकोथेरापीका माध्यमबाट उपचार गर्नुपर्छ ।” त्यस्ता व्यक्तिले आत्महत्यासमेत गर्नसक्ने उहाँले बताउनुभयो । 

यसरी गरियो उद्धार

विगतमा उहाँको समस्या कसरी समाधान गर्ने भन्ने कुनै उपाय थिएन । आफ्नै गाउँको मान्छे सडकमा विक्षिप्त भएर हिँड्दा चिन्ता लाग्थ्यो । काठमाडौँ महानगरले मानव सेवा आश्रमसँग सहकार्य गरेकाले उहाँलाई राख्ने ठाउँको चिन्ता भएन । त्यसैले वडाध्यक्ष र वडा सदस्य मिलेर उद्धार गरी उहाँलाई आश्रममा पु¥याउन सफल हुनुभयो ।  

तीन दिनअघि हाँडीगाउँस्थित कृष्ण मन्दिर नजिकै देखिनुभयो । काठमाडौँ महानगरपालिका–५ का अध्यक्ष डङ्गोल, वडा सदस्य मीनासिंह प्रजापति र उत्तम शर्माले उद्धार गरी आश्रम पु¥याउनु भएको हो । उहाँका आमाबुबा हुनुहुन्न । वडा सदस्य प्रजापति एउटै वडा निवासी उहाँ आफूले देखेदेखि नै सडकमा रहनुभएको बताउनुहुन्छ । शुरुमा त्यति ठूलो मानसिक समस्या थिएन । समय बित्दै जाँदा गम्भीर मानसिक समस्यामा पुग्नुभएको उहाँले बताउनुभयो ।

आश्रममा पुगेपछि केसीमा केही सकारात्मक परिवर्तन देखिन थालेको छ । “कुनै कुराले असर पर्दा तत्कालै मनोविमर्श सेवा र प्रेम नपाएको मानिस मनोरोगी हुन पुग्छन्, उनीहरुको अन्तिम स्थान भनेको सडक नै हुनुपुग्छ”, आश्रमका प्रदेश संयोजक सुमन बर्ताैलाले भन्नुभयो । त्यसैले अरुले हेलाँ गरेर फ्याँकिएका मान्छेलाई माया दिनु आश्रमको लक्ष्य भएको उहाँले बताउनुभयो ।

बर्ताैलाका अनुसार कतिपय व्यक्ति माया र प्रेमले परिवर्तन हुन्छन् भने कतिपयलाई दीर्घकालीन औषधि सेवनको खाँचो हुन्छ । चिकित्सकको रायअनुसार अवस्था हेरेर मनोरोगीको उपचार गर्ने गरिएको छ । ठीक भएर घर पहिचान भएकालाई परिवारमा पुनःमिलनसमेत गराइन्छ । पारिवारिक हिंसा, आपसी बेमेल, श्रीमान्को हेला, घरपरिवारको बेवास्ता, असफल प्रेम जस्ता कारणले मानिस मनोरोगी भएर सडकमा पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश