Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कश्मीर संकटः कश्मीरीमाथि दमन भए चुप नलाग्ने पाकिस्तानी प्रधानमन्त्रीको चेतावनी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २२, काठमाडौं ।भारतले जम्मु कश्मीरलाई दिएको विशेष राज्यको दर्जा खोस्ने निर्णय गरेपछि यसले क्षेत्रीय अस्थिरता निम्त्याउने सम्भावना बढेको छ ।

७० वर्षदेखि कश्मीर विवाद संयुक्त राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय निकायमा पुगेको अवस्थामा भारतले कश्मीरलाई केन्द्र सरकारमातहत ल्याउने निर्णय गरेको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मंगलबार संसद्को संयुक्त सत्रलाई सम्बोधन गर्दै कश्मीरीमाथि दमन भए चुप नलाग्ने चेतावनी दिएका छन् ।

उनले परमाणु हतियार सम्पन्न मुलुकले सकेसम्म खतरा निम्त्याउन नहुने भन्दै भारतीय पक्षबाट चालिने जुनसुकै कदमका लागि जवाफ दिन पाकिस्तान सक्षम रहेको बताएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।