Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भोली पहिलो पटक भारत उड्दै श्री एयरलाइन्सको जहाज

By साझासवाल 2 मिनेट पढाइ

साउन २६, काठमाडौं । श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय चार्टड उडानको अनुमतिपत्रको लागि सोमबार भारतको बनारसमा 'परीक्षण उडान' गर्ने भएको छ । अन्तर्राष्ट्रिय उडानका लागि ६ महिनाअघि नै उसले संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयमा आवेदन दिएको थियो ।

सरकारले श्री एयरलाइन्सलाई नियमित अन्तर्राष्ट्रिय उडानका लागि अनुमति दिन बाँकी छ । त्यसैको प्रक्रियाका लागि श्री एयरलाइन्सले सोमबार बनारसमा परीक्षण उडान गर्न लागेको हो ।

श्री एयरलाइन्सले ५० सिटको जेट विमानमार्फत बनारासमा उडान भर्न लागेको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरुसहित भोलि दिउँसो २ बजे श्री एयरलाइन्सको जहाजले बनारसमा परीक्षण उडान गर्नेछ । उक्त उडान पछि भविष्यमा श्री एयरलाइन्सले नियमित उडान भर्ने आशा लिएको छ ।

श्री एयरलाइन्स अघि नेपालका हिमालय र बुद्ध एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति पाइसकेका छन् ।